समाचार

रुपन्देही जिल्ला अदालतमा रविको बयान सुरु

२०८१ माघ ९ गते १४:२३

काठमाण्डू, ९ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जिल्ला अदालत रुपन्देही बयान सुरु भएको छ । बुधवार न्यायाधीश प्राल्हदकुमार योगीको इजलासमा बयान सुरु भएको हो । बिहान अदालतले गोलापर्था गर्दा ५ नम्बर इजलासमा रविको मुद्दा परेको...

पोखरीमा युवकको शव भेटियो

२०८१ माघ ९ गते १३:२७

काठमाण्डू, ९ माघ– धनुषामा एक युवकको शव फेला परेको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा २१ वर्षीय आँसु कुमार महराको शव फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु कुमार साहले जानकारी दिए । छारे (मिर्गी) रोगी महरा दुईतीन दिन बेपत्ता भएका...

निर्वाचन आयोगमा ‘दलितका लागि दलित’ अभियानको धर्ना

२०८१ माघ ९ गते १३:१६

काठमाण्डू, ९ माघ– दलितका लागि दलित अभियान नेपालले ४५ औ दिनसम्म सडकबाट उठाएको दलितको माग प्रति सरकारले बेवास्ता गरेको आरोप लगाउँदै भृकुटीमण्डपबाट निर्वाचन आयोगसम्म र्‍याली निकालेको छ । राज्यसँग दलितलाई खोइ भन्ने प्रश्न गरिरहेको अभियानले दलितका मुद्दालाई लिएर भृकुटीमण्डपबाट निर्वाचन आयोगसम्म र्‍याली निकालेको छ...

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

२०८१ माघ ९ गते १३:१०

काठमाण्डू, ९ माघ– प्रहरीले ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरबाट एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती गाउँपालिका–३ घट्टेडाँडा बस्ने ५५ वर्षीय आइते सिंह बम्जन रहेको प्रहरीले जानकारी दिएको छ । बम्जनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । बम्जनले...

रवि लामिछानेविरुद्धको मुद्दा प्रह्लाद कुमार योगीको इजलासमा

२०८१ माघ ९ गते १२:४४

काठमाण्डू, ९ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा प्रह्लाद कुमार योगीको इजलासमा परेको छ । रवि सहित २२ जनाविरुद्ध सुप्रिम सहकारी अनियमितताविरुद्ध मुद्दा दायर भएको थियो । नारायण बहादुर पहारीसहित सहकारीले...

स्वर भासिएपछि सशस्त्रको कार्यक्रममा गएनन् प्रधानमन्त्री ओली

२०८१ माघ ९ गते १२:३८

काठमाण्डू, ९ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सामान्य समस्या भएपछि बुधवारको पूर्वनिर्धारित कार्यक्रमहरू रद्द भएको छ । चिसोका कारण घाँटीमा समस्या आएर ओलीको स्वर भासिएको प्रधानमन्त्री ओलीको सचिवालयले उच्च स्रोतले जानकारी दिएको छ । सोही कारण बुधवार हल चोकमा...

अध्यादेशबाट देश चलाउनु निरंकुश कदम होः कांग्रेस नेता कोइराला

२०८१ माघ ९ गते १२:२९

काठमाण्डू, ९ माघ– कांग्रेस नेता डा. शेखर कोइरालाले अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानको दुरुपयोग भएको बताएका छन । आज (बुधबार) विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस नेता डा. कोइरालाले यस्तो बताएका हुन । उनले देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनु पर्ने पनि बताएका...

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

२०८१ माघ ९ गते १२:२१

काठमाण्डू, ९ माघ– चितवनको भरतपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारी रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ । आक्रमणबाट घाइते निजको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

कांग्रेस–एमालेको सरकार बनेपछि विकासले लय समातेको छः उपमहासचिव ज्ञवाली

२०८१ माघ ८ गते १८:२०

काठमाण्डू ८ माघ– एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दुई ठुला दल कांग्रेस र एमालेको सरकार बनेपछि मुलुकमा विकासले लय समातेको दाबी गरेका छन । एमाले लमजुङद्वारा आज बेँसीसहर नगरपालिका–८ स्थित मदन आश्रित भवनमा आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका...

अखिल क्रान्तिकारीको नेतृत्वमा निर्वाचन हुने पक्का

२०८१ माघ ८ गते १८:१०

काठमाण्डू ८ माघ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको भावी नेतृत्वका लागि सहमति जुटाउने गर्ने प्रयास विफल भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार मंगलबार सहमतिबाटै नेतृत्व छनोट गर्नका लागि अध्यक्षका प्रत्यर्थीसहित नेताहरूसँग छलफल भएको थियो ।...

नेपाललाई ‘आइटी हब’ बनाउने समय आयोः प्रधानमन्त्री ओली

२०८१ माघ ८ गते १७:२९

काठमाण्डू ८ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई डिजिटल क्षेत्रमा अगाडि बढाउने सङ्कल्प गर्दै देशभित्रै आइटी इन्फ्रास्ट्रक्चर र दक्ष जनशक्ति विकास गर्न विशेष योजना अघि सारेको बताएका छन । आज मंगलबार ‘आइटी उद्यमीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका...

रवि लामिछाने भैरहवामा, भोली अदालतमा उपस्थित हुने

२०८१ माघ ८ गते १७:१३

काठमाण्डू ८ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अदालतमा उपस्थित हुन भैरहवा पुगेका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन उनी काठमाण्डूबाट जहाज चढेर मंगलबार भैरहवामा पुगेको उनी निकट स्रोतले जानकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us