समाचार

काठमाण्डूको गोठाटारमा एक जना मृत अवस्थामा फेला

२०८१ माघ ९ गते १८:१७

काठमाण्डू, ९ माघ– काठमाण्डूको गोठाटारमा एक जना मृत अवस्थामा फेला परेका छन । काठमाण्डूको कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरुष बुधवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको...

अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण

२०८१ माघ ९ गते १७:५०

काठमाण्डू, ९ माघ– सत्ता घटक दल एमालेले सरकारले ल्याएको अध्यादेशको संसदमा प्रतिरक्षा गर्न आफ्ना सांसदहरूलाई प्रशिक्षण दिने तयारी गरेको छ । आज (बुधबार) संसद् भवन नयाँ बानेश्वरमा एमाले संसदीय दलले विज्ञहरूसमेतलाई बोलाएर अध्यादेशको औचित्यमाथि प्रस्ट पार्दै सांसदहरूलाई प्रशिक्षण दिएको हो । सरकारले ल्याएको अध्यादेशको...

रविको बयान सकियो, आज थुनछेक बहस नहुने

२०८१ माघ ९ गते १७:१२

काठमाण्डू, ९ माघ– जिल्ला अदालत रुपन्देहीमा पूर्व उप्रप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ । न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान भएको हो । आज बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज...

कांग्रेस सभापति देउवाले मनोनित गरे प्रदेश समन्वय विभागको सदस्य

२०८१ माघ ९ गते १६:५५

काठमाण्डू, ९ माघ– पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश समन्वय विभागको सदस्यहरु मनोनयन गरेका छन् । देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम देश समन्वय विभागको सदस्यहरु मनोनयन गरेका हुन्।...

नक्कली पेस्तोल देखाइ ठगी गर्ने व्यक्ति पक्राउ

२०८१ माघ ९ गते १६:४१

काठमाण्डू, ९ माघ– प्रहरीले नक्कली पेस्तोल देखाइ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी ग्राम पञ्चायत खरोही–४ बस्ने २० वर्षीय अब्दुल कलाम रहेका छन । उनलाई प्रहरीले सोमबार साझ पक्राउ गरेको हो । ईशनाथ नगरपालिका–४ मठियास्थित सीमा क्षेत्रमा...

सरकारलाई हर्कको आग्रहः ‘थोत्रे गाग्री’लाई संग्रहालयमा राख्नु

२०८१ माघ ९ गते १६:२२

काठमाण्डू, ९ माघ– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारलाई आफूले धरानबाट काठमाण्डू ल्याएको पुरानो गाग्रीलाई संग्रहालयमा राख्न सुझाव दिएका छन । मेयर साम्पाङले आज बुधवार फेसबुकमा एक स्टाटस लेख्दै त्यो गाग्रीले करोडौँ नेपालीले बोल्न नसकेको बोली बोलेको भन्दै संग्रहालयमा राख्न सरकारलाई आग्रह गरेका हुन...

ऊर्जामन्त्री र राज्यमन्त्रीबाट डकैती शैलीमा निर्णयको प्रयास भयोः माओवादी सांसद सापकोटा

२०८१ माघ ९ गते १५:३०

काठमाण्डू, ९ माघ– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले डकैतीको शैली अपनाएको आरोप लगाएका छन । आज बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो बताएका...

प्रधानमन्त्री संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ: कांग्रेस नेता कोइराला

२०८१ माघ ९ गते १५:१८

काठमाण्डू, ९ माघ– कांग्रेस नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रबाट देश चलाउन खोजिरहेको आरोप लगाएका छन् । आज (बुधबार) कोइराला निवासमा पत्रकार सम्मेलन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन । सरकारले देश चलाउनु पर्नेमा पधानमन्त्री ओलीले संयन्त्रमार्फत...

काठमाण्डू ल्याउने क्रममा बाटोबाटै भागेका नाइजेरियन नागरिक समातिए

२०८१ माघ ९ गते १५:१०

काठमाण्डू, ९ माघ– प्रहरीले भोजपुरबाट काठमाण्डू ल्याउँदै गर्दा बाटोबाटै भागेका नाइजेरियन नागरिक पक्राउ गरेको छ । भोजपुरबाट मंगलबार काठमाण्डू ल्याउँदै गर्दा सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, अधेरी पुलनजिकै उनी बिहान ६ः१० बजे प्रहरीलाई छलेर भागेका थिए । लामो निगरानी र खोजीपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी...

१६ किलो शंकास्पद वस्तुसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

२०८१ माघ ९ गते १४:४५

काठमाण्डू, ९ माघ– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । त्यो वस्तु लागूऔषध हुनसक्ने शंका गरिएको प्रहरीको छ । क्याथे प्यासिफिक एयरलाइन्सबाट हङकङ जान लागेका चिनियाँ नागरिकको सुटकेशभित्र सोमबार लागूऔषध जस्तो देखिने वस्तु भेटिएको थियो...

सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौंः गृहमन्त्री लेखक

२०८१ माघ ९ गते १४:३९

काठमाण्डू, ९ माघ– गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको घोषणा गरेका छन् । आज बुधबार सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो घोषणा गरेका हुन । आफू गृहमन्त्री बनेदेखि नै सुरक्षा...

तनहुँको डुम्रे बजारमा आगलागी

२०८१ माघ ९ गते १४:२९

तनहुँ, ९ माघ– तनहुँको डुम्रे बजारस्थित बुधवार बिहान एक घरमा आगलागी भएको छ । बन्दिपुर गाउँपालिका– १ मा पर्ने डुम्रेबजार स्थित केशव अधिकारीको पक्की घरको पाँचौँ तलामा आगलागी भएको जिल्ला प्रहरी कार्यलय तनहुँले जानकारी दिएको छ । आगलागीबाट अन्दाजी ५० मुरी धान, पुराना काठपात...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us