दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

काठमाण्डु टुडे २०८३ असार २९ गते १६:४४ मा प्रकाशित

काठमाण्डू, २९ असार– सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ । पछिल्लो मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्तिको निर्णय गरेको थियो ।

तर, सरकार प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले निर्णय सुनाउँदा भने यो नियुक्ति सार्वजनिक गरेका थिएनन् ।

केहीबेरमा सञ्चार मन्त्रालयमा उनको शपथ गराउन लागिएको मन्त्रालय स्रोतले बतायो । यसअघि अध्यादेशबाट भूपेन्द्र भण्डारी पदमुक्त भएका थिए । त्यसपछि घिमिरे नै निमित्तको जिम्मेवारीमा थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us