प्रधानमन्त्री संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ: कांग्रेस नेता कोइराला

काठमाण्डु टुडे २०८१ माघ ९ गते १५:१८ मा प्रकाशित

काठमाण्डू, ९ माघ– कांग्रेस नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रबाट देश चलाउन खोजिरहेको आरोप लगाएका छन् ।

आज (बुधबार) कोइराला निवासमा पत्रकार सम्मेलन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन । सरकारले देश चलाउनु पर्नेमा पधानमन्त्री ओलीले संयन्त्रमार्फत चलाउन खोजेको उनले बताए ।

कांग्रेस नेता कोइरालाले भने, ‘हामी डेमोक्रेटिक सिस्टममा छौं, डेमोक्रेटिक सिस्टममा संयन्त्रले देश चलाउने होइन सरकारले चलाउने हो, कुरा बुज्नु भयो ?, ‘संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ प्रधानमन्त्री, यो गलत हो, विलकुल गलत हो ।’

एमाले र कांग्रेस नेतृत्वमा गठबन्धनको सरकार बनेपछि दुई दलले सरकार सञ्चालनका लागि संयन्त्र बनाएका छन् । प्रदेश तहमा पनि संयन्त्र बनेका छन् । ती संयन्त्रले सरकार सञ्चालनमा सहजीकरण गर्ने भनिएको छ ।

कोशीमा बनको संयन्त्रले केही दिनअघि सरकारलाई बजेट पुनरावलोकन गर्न निर्देशन दिएको थियो । तर बजेट पुनवलोकन नहुने सरकारले संसदीय समितिलाई जानकारी दिएको छ । दुई दलको वडा तहसम्म संयन्त्र बनाएर काम गर्ने सहमति गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us