नक्कली पेस्तोल देखाइ ठगी गर्ने व्यक्ति पक्राउ

काठमाण्डु टुडे २०८१ माघ ९ गते १६:४१ मा प्रकाशित

काठमाण्डू, ९ माघ– प्रहरीले नक्कली पेस्तोल देखाइ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी ग्राम पञ्चायत खरोही–४ बस्ने २० वर्षीय अब्दुल कलाम रहेका छन । उनलाई प्रहरीले सोमबार साझ पक्राउ गरेको हो ।

ईशनाथ नगरपालिका–४ मठियास्थित सीमा क्षेत्रमा हिँड्डुल गर्ने व्यक्तिहरूलाई अब्दुलले नक्कली पेस्तोल देखाइ डर त्रास देखाइ पैसा माग्ने गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us