काठमाण्डू, ९ माघ– प्रहरीले भोजपुरबाट काठमाण्डू ल्याउँदै गर्दा बाटोबाटै भागेका नाइजेरियन नागरिक पक्राउ गरेको छ । भोजपुरबाट मंगलबार काठमाण्डू ल्याउँदै गर्दा सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, अधेरी पुलनजिकै उनी बिहान ६ः१० बजे प्रहरीलाई छलेर भागेका थिए ।
लामो निगरानी र खोजीपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका एसपी गोविन्द काफ्लेले जानकारी दिएका छन । उनले भने, ‘भागेर जंगलतिर लुकेर बसेका थिए, त्यसपछि सर्वसाधारणलाई समेत उनको हुलिया बताएर कतै देखिए खबर गर्न भनेका थियौं’, काफ्लेले भने, ‘त्यसक्रममा उनी मुख्य बाटोतिर निस्किएको खबर आएको थियो ।’
त्यही क्रममा गाडीमा चढेर काठमाडौं आउने क्रममा प्रहरी चौकी गढीको टोलीले ती नाइजेरियन नागरिकलाई पक्राउ गरीएको उनले जानकारी दिए ।