रविको बयान सकियो, आज थुनछेक बहस नहुने

काठमाण्डु टुडे २०८१ माघ ९ गते १७:१२ मा प्रकाशित

काठमाण्डू, ९ माघ– जिल्ला अदालत रुपन्देहीमा पूर्व उप्रप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ । न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान भएको हो ।

आज बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिएका छन । पूर्वगृहमन्त्री लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दामा बयान भएको हो ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ ।लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us