स्वर भासिएपछि सशस्त्रको कार्यक्रममा गएनन् प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ माघ ९ गते १२:३८ मा प्रकाशित

काठमाण्डू, ९ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सामान्य समस्या भएपछि बुधवारको पूर्वनिर्धारित कार्यक्रमहरू रद्द भएको छ ।

चिसोका कारण घाँटीमा समस्या आएर ओलीको स्वर भासिएको प्रधानमन्त्री ओलीको सचिवालयले उच्च स्रोतले जानकारी दिएको छ । सोही कारण बुधवार हल चोकमा आयोजना भएको २४ औँ सशस्त्र प्रहरी दिवसमा समेत प्रधानमन्त्री ओली सहभागी हुन नसकेको बताइएको छ ।

बुधवारका भेटघाटका कार्यक्रम समेत रद्द गरेर प्रधानमन्त्री ओली बालुवाटारमै आराम गरिरहेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us