काठमाण्डू, ९ माघ– प्रहरीले ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरबाट एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती गाउँपालिका–३ घट्टेडाँडा बस्ने ५५ वर्षीय आइते सिंह बम्जन रहेको प्रहरीले जानकारी दिएको छ ।
बम्जनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । बम्जनले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी शिवराईगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको पनि जानकारी दिएको छ ।