रुपन्देही जिल्ला अदालतमा रविको बयान सुरु

काठमाण्डु टुडे २०८१ माघ ९ गते १४:२३ मा प्रकाशित

काठमाण्डू, ९ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जिल्ला अदालत रुपन्देही बयान सुरु भएको छ । बुधवार न्यायाधीश प्राल्हदकुमार योगीको इजलासमा बयान सुरु भएको हो ।

बिहान अदालतले गोलापर्था गर्दा ५ नम्बर इजलासमा रविको मुद्दा परेको थियो । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले फाइल रुजु गरेपछि बल्ल बयान सुरु भएको जानकारी दिए ।

उनले बयान साँझसम्म चल्ने जानकारी दिएका छन । रुपन्देहीमा रविसहित २२ जनाविरुद्ध मुद्दा परेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us