चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ माघ ९ गते १२:२१ मा प्रकाशित

काठमाण्डू, ९ माघ– चितवनको भरतपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारी रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ ।

आक्रमणबाट घाइते निजको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन । निजलाई यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us