काठमाण्डू, ९ माघ– धनुषामा एक युवकको शव फेला परेको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा २१ वर्षीय आँसु कुमार महराको शव फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु कुमार साहले जानकारी दिए ।
छारे (मिर्गी) रोगी महरा दुईतीन दिन बेपत्ता भएका थिए । उनको खोजी गर्न दिन परिवारजनले प्रहरीलाई जानकारी गराएपछि खोजीकै क्रममा आज बिहान उनको शव पोखरीमा भेटाएको प्रहरीले जनाइएको छ ।
दिगम्बरपुरस्थित विद्यालय नजिक रहेको पोखरी शव तैरिरहेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक साहले जानकारी दिएका छन । स्थानीयले पोखरीमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । \
खबर प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान कार्य अघि बढाएको छ ।