काठमाण्डु, ११ माघ– नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला चयन भएका छन् । बिहीबार सम्पन्न महाधिवेशनले उनलाई महासचिवमा सर्वसम्मत चयन गरेको हो । महाधिवेशनको बन्दसत्रले ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको नवनिर्वाचित केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए । उनका अनुसार केन्द्रीय सदस्यमा उदयबहादुर चलाउने,...
काभ्रे, ११ माघ– काभ्रेको महाभारत सामुदायिक वनमा लागेको आगलागी नियन्त्रणका लागि नेपाली सेना परिचालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सेनासहित सबै सुरक्षा निकायको एकीकृत परिचालन गर्ने निर्णय गरेको हो । महाभारतमा मंगलबारदेखि लागेको आगो नियन्त्रणबाहिर छ । सेना, प्रहरी, सशस्त्र...
रुपन्देही, ११ माघ–सशस्त्र प्रहरीले रुपन्देहीबाट स्रोत नखुलेको २४ लाख बढी रकमसहित एक भारतीयलाई पक्राउ गरेको छ । सीमा सुरक्षा गुल्म डण्डाको टोलीले चेकजाँचका क्रममा सिद्धार्थनगर नगरपालिका–१ बाट बिहीबार २४ लाख १३ हजार १ सय ३० रुपैयाँ नेपाली र १ हजार ५ सय ४० रुपैयाँ...
काठमाण्डू, १० माघ– सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सुशासनका लागि अध्यादेश ल्याएको दाबी गरेका छन् । रुपन्देहीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले सुशासन कायम गर्न ल्याएको अध्यादेशको कुरा नबुझी विरोध भइरहेको जिकिर गरे । ‘सरकराले मुलुक र नागरिकका लागि सुशासन कायम...
काठमाण्डू, १० माघ– भ्रष्टाचार मुद्दामा दोषी ठहर कांग्रेस सांसद टेकबहादुर गुरुङको मुद्धामा पुनरावलोकन हुने भएको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले बिहीबार गुरुङको मुद्दा पुनरवलोकनका लागि अनुमति दिएको हो । काठमाण्डूको भृकुटीमण्डपस्थित ६० रोपनी सरकारी जग्गा फनपार्कलाई...
बागलुङ, १० माघ– नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष रामजीप्रसाद शर्माको निधन भएको छ । शर्माको हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । भारतमा मिर्गौला प्रत्यारोपण गर्ने क्रममा शर्मालाई हृदयघात भएको एकीकृत समाजवादीले जनाएको छ । शर्माको बिहीबार...
काठमाण्डू, १० माघ–कांग्रेस महामन्त्री एवं सरकार सञ्चालनका लागि गठित संयन्त्रका सदस्य गगन थापाले सरकार आफैंले रोजगारी दिन नसक्ने बताएका छन् । नवलपरासीको प्रतापपूर–२ स्थित आदर्श क्याम्पसमा बिहीबार भएको एक कार्यक्रममा थापाले पाँच लाख मानिसलाई रोजगारी दिनुपर्ने अवस्था रहेको भए पनि प्रधानमन्त्रीले चाहेर पनि ५...
काठमाण्डू, १० माघ– एमालेको कारबाहीमा परेका पूर्व उपाध्यक्ष एवं नेता डा. भीम रावलको मातृभूमि जागरण अभियानमा लागेको भन्दै एमालेले अछाम जिल्ला कमिटीका ६ जना नेतालाई कारबाही गरेको छ । रावलले थालेको ‘मातृभूमि जागरण अभियान’को पक्षमा लागेर पार्टी हितविपरीत काम गरेको भन्दै जिल्ला कमिटीले उनीहरूलाई...
काठमाण्डू, १० माघ– सामाजिक अभियन्ता युवराज सफलले सामाजिक संजाल नियमन र नियन्त्रणका लागि सरकारलाई तत्काल कडाइ गर्न माग गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका छन । पत्रमा सामाजिक संजालले समाजमा सद्भाव विथोल्ने, अश्लीलता फैलाउने र आपराधिक गतिविधि प्रोत्साहन गर्ने...
काठमाण्डू, १० माघ– प्रहरीले क्याम्पस जाँदै गरेकी एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरीबाट एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको विष्णुपुर गाउँपालिका–१ घर भएका १९ वर्षीय युवकलाई पक्राउ गरीएको सप्तरी प्रहरीले जानकारी दिएको छ । ९ माघको बिहान पौने ६ बजेको समयमा विष्णुपुर...
काठमाण्डू, १० माघ– संघिय सांसद अन्तर्गत प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई जिल्ला अदालत मोरङले ५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ । आज (बिहीबार) व्यक्ति ठगी मुद्दामा न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो...
काठमाण्डू, १० माघ– रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । आज बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो । पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेको अदालत स्रोतले जानकारी दिएको छ । सरकारी वकिलको बयान...