श्रोत नखुलेको २४ लाखसहित भारतीय पक्राउ

काठमाण्डु टुडे २०८१ माघ ११ गते ८:३४ मा प्रकाशित

रुपन्देही, ११ माघ–सशस्त्र प्रहरीले रुपन्देहीबाट स्रोत नखुलेको २४ लाख बढी रकमसहित एक भारतीयलाई पक्राउ गरेको छ ।

सीमा सुरक्षा गुल्म डण्डाको टोलीले चेकजाँचका क्रममा सिद्धार्थनगर नगरपालिका–१ बाट बिहीबार २४ लाख १३ हजार १ सय ३० रुपैयाँ नेपाली र १ हजार ५ सय ४० रुपैयाँ भारतीय नोट बरामद गरेको हो ।

लु९२प३५४६ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा स्कुटरमा सवार भारत महाराजगञ्ज नौतनवा ग्रामपञ्चायत– ४ नौतनवा बस्ने २३ वर्षीय अभिषेक अग्रहरीले शरीरमा लुकाएर ल्याएको अवस्थामा उक्त रकम फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

अग्रहरीलाई बरामद रकम र स्कुटरसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलको जिम्मा लगाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us