समाचार

‘भीम रावललाई नभेट्न उर्दी !’

२०८१ माघ ११ गते १६:११

काठमाण्डू, ११ माघ– एमालेको कारबाहीमा परेका पूर्व गृहमन्त्री समेत रहेका नेता डा.भिम रावल अहिले आफ्नो गृह जिल्ला अछाममा रहेका छन । मातृभूमि जागरण अभियान, नेपालका नामले सङ्गठन निर्माणको दौडधुपमा रहेका रावल गृह जिल्लाबासीसँग भेटघाट गर्दै आफ्ना कुरा राखिरहेका छन्। तर, एमालेका जिल्ला स्तरीय पदाधिकारी...

एक वर्षमै राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

२०८१ माघ ११ गते १५:४८

काठमाण्डू, ११ माघ– राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्गको मुख्य खण्डमा सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) भएको छ । आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङमार्गको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भर्चुअल प्रविधिबाट ब्रेक थ्रु गरेका हुन् । ब्रेक थ्रुसँग बुटवल–तानसेन...

परिवर्तनको हल्ला अस्थिरता मच्चाउने तत्त्वहरुले चलाएः प्रधानमन्त्री ओली

२०८१ माघ ११ गते १४:५९

काठमाण्डू, ११ माघ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको दाबी गरेका छन । आज शुक्रबार पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्...

मेयर हर्कको अख्तियारलाई जवाफः को हो त्यो बुझेर लेखिपठाउनु !

२०८१ माघ ११ गते १४:५१

काठमाण्डू, ११ माघ– धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दोस्रो जवाफ पत्र पठाएका छन । मेयर राईले शुक्रवार अख्तियारले माघ २ गते गरेको सोधपुछको जवाफ फर्काउँदै धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भएको र बोर्डले नगरवासीलाई पानीको आपूर्ति गर्न सवै खाले विधि...

  रविका पक्षका वकिलले थाले बहस

२०८१ माघ ११ गते १४:४१

काठमाण्डू, ११ माघ– जिल्ला अदालत रुपन्देहीमा पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । सोही दिन उनको...

महाभारतको जंगलमा चार दिनपछि हेलिकोप्टरबाट आगो निभाइँदै

२०८१ माघ ११ गते १४:३६

काठमाण्डू, ११ माघ– काभ्रेको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने महाभारत जंगलमा गत मंगलबार दिउँसो २ बजेबाट लागेको आगो आज हेलिकोप्टरबाट निभाउन सुरु गरीएको छ । आगलागी भएको चार दिनसम्म पनि यहाँको डढेलो नियन्त्रणमा आउन नसकेको बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिएका छन...

प्रधानमन्त्री ओली अस्वस्थ, राजधानी बाहिरका सबै कार्यक्रम भर्चुअलबाटै

२०८१ माघ ११ गते १३:३४

काठमाण्डू, ११ माघ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि तय भएका राजधानी बाहिरका सबै कार्यक्रमलाई स्वास्थ्यमा समस्या आएका कारण भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन । दुई दिनदेखि स्वास्थ्यमा समस्या भएर आराम गरिरहेका प्रधानमन्त्री ओली चिकित्सकको सल्लाह बमोजिम उपत्यका...

वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

२०८१ माघ ११ गते १२:४४

काठमाण्डू, ११ माघ– बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा निवेदन दर्ता भएको छ । टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गर्दै अधिवक्ता त्रिपाठीविरुद्ध अदालतमा रिट दर्ता भएको हो । निवेदक दिलबहादुर राईले त्रिपाठीलाई...

एकीकृत समाजवादीसँगको एकता वार्ता पनि ‘क्लोज’ भइसकेको छैनः वामदेव गौतम

२०८१ माघ ११ गते १२:३९

काठमाण्डू, ११ माघ– नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँगको पार्टी एकताको वार्ता पनि ‘क्लोज’ नभइसकेको बताएका छन । नेता गौतमले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँगको एकता अभियान क्लोज नभइसकको दाबी गरेको उनी निकट स्रोतले जानकारी दिएको छ...

८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ

२०८१ माघ ११ गते १२:२८

काठमाण्डू, ११ माघ– प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पीडित परिवारको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिएका छन । पीडित परिवारले बिहीवार इलाका...

कांग्रेसले बोलायो संसदीय दलको बैठक

२०८१ माघ ११ गते १२:२१

काठमाण्डू, ११ माघ– सत्ताको प्रमुख घटक दल कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बस्ने कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन । बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा...

लाजिम्पाटमा व्यवसायीमाथि रड आक्रमणः भारतबाट पक्राउ परे २ आरोपी

२०८१ माघ ११ गते १२:०७

काठमाण्डू, ११ माघ– प्रहरीले लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा एक व्यवसायीमाथि भएको रड आक्रमणको घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । रड आक्रमणमा संलग्न रही फरार भएका दीपक बरामु र अजय लामालाई पक्राउ गरिएको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us