काठमाण्डू, ११ माघ– सत्ताको प्रमुख घटक दल कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बस्ने कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन ।
बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने पनि प्रमुख सचेतक घिमिरेले जानकारी दिएका छन । संसद बैठक १८ माघमा बस्ने गरी बोलाइएको छ ।