काठमाण्डू, १२ माघ– पर्वत केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पर्वतको क्याङ केन्द्रबिन्दु भएर शुक्रबार साँझ ७ बजेर ८ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो । पर्वतसहित आसपासका जिल्लामा समेत भूकम्पको सामान्य धक्का महसुस गरिएको थियो । पछिल्लो...
काठमाण्डू, १२ माघ– गृह मन्त्रालयले हालै बढुवा भएका नेपाल प्रहरीका १८ वरिष्ठ उपरीक्षक (एसएसपी) को पदस्थापन गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाण्डूको प्रमुखमा विश्व अधिकारी र उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको प्रमुखमा रमेश बस्नेत आएका छन् । परिसर प्रमुखको जिम्मेवारीमा रहेका बसन्त रजौरे...
काठमाण्डू, १२ माघ– प्रहरी प्रधान कार्यालयले १७ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराको प्रमुखमा सन्तोष तामाङको सरुवा भएको छ । यसअघिका एसपी महेन्द्र खड्का एसएसपीका बढुवा भएपछि खाली ठाउँमा तामाङको सरुवा भएको हो । यस्तै पर्सामा गौतम मिश्र,...
काठमाण्डू, ११ माघ– सरकार नेतृत्वकर्ता एमालेले समाजिक सञ्जालमार्फत पार्टी र नेतृत्वविरूद्ध चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको भन्दै प्रतिवादमा उत्रन पार्टी पंक्तिलाई निर्देशन दिएको छ । अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै शुक्रबार एमालेले पार्टी नेतृत्वविरुद्ध निरन्तर साइबर हमला भएको भन्दै प्रतिकार गर्न निर्देशन दिएको हो...
काठमाण्डू, ११ माघ–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परेका नेपालीहरूप्रति अभिभावकीय भूमिका निर्वाह गर्न सरकारसँग अनुरोध गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले दुर्घटनामा परी निधन भएका परिवार र घाइतेको उपचारमा गम्भीर हुन पनि सरकारको ध्यानाकर्षण गराएका हुन् । सामाजिक...
काठमाण्डू, ११ माघ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) २३ औँ राष्ट्रिय सम्मेलन, दोस्रो चरणको निर्वाचन–२०८१ उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले शुक्रवार केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी...
काठमाण्डू, ११ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहसले आज पनि अन्तिम रूप पाउन सकेन । गत बुधबारबाट जारी बहस आज पनि नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको रुपन्देही जिल्ला अदालत स्रोतले जानकारी दिएको छ...
काठमाण्डू, ११ माघ– बाँकेको राप्तीसोनारी गाउँपालिका–१ को कोर क्षेत्रमा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । आज बिहान गएको गस्ती टोलीले उक्त कोर क्षेत्रमा बाघलाई मृतावस्थामा फेला पारेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले जानकारी दिएका छन । मृतावस्थामा भेटिएको उक्त पाटेबाघको अवस्था...
काठमाण्डू, ११ माघ– पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले ‘गल्ती सच्याउने’ भन्दै ०८४ को निर्वाचनमा मत दिन दाङवासीसँग आग्रह गरेका छन । आज (शुक्रबार) दाङको तुलसीपुरमा माओवादीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन...
काठमाण्डू, ११ माघ– पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले ‘गल्ती सच्याउने’ भन्दै ०८४ को निर्वाचनमा मत दिन दाङवासीसँग आग्रह गरेका छन । आज शुक्रबार दाङको तुलसीपुरमा माओवादीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन...
काठमाण्डू, ११ माघ– बारामा मृत अवस्थामा एक जनाको शव फेला परेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिरको माथिल्लो डाँडामा रहेको प्रतिक्षालयमा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । भारत महाराष्ट्र घर भएका ४६ वर्षीय रूद्र गिरी बिहीबार मृत अवस्थामा फेला...
काठमाण्डू, ११ माघ– गोरखामा कुवामा डुबेर एक जना वृद्धाको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिएका छन । करिब पाँच फिट गहिरो कुँवामा मृतावस्थामा कामीको...