१८ एसएसपीको सरुवा, काठमाण्डू परिसरमा अधिकारी, अपराध महाशाखामा बस्नेत

काठमाण्डु टुडे २०८१ माघ १२ गते ९:०५ मा प्रकाशित

काठमाण्डू, १२ माघ– गृह मन्त्रालयले हालै बढुवा भएका नेपाल प्रहरीका १८ वरिष्ठ उपरीक्षक (एसएसपी) को पदस्थापन गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाण्डूको प्रमुखमा विश्व अधिकारी र उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको प्रमुखमा रमेश बस्नेत आएका छन् ।

परिसर प्रमुखको जिम्मेवारीमा रहेका बसन्त रजौरे प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा र अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा सरुवा भएका छन् ।

काठमाण्डू उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा नवराज अधिकारी, केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) मा होबिन्द्र बोगटी तोकिएका छन् । बोगटी बढुवा हुनुअघि ब्युरोमै एसपी थिए । यस्तै रमेश थापाको बागमती प्रदेश प्रहरी कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा, हेटौंडामा पदस्थापन भएको छ ।

यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा, तुलसीपुरमा पदस्थापन भएका अजय केसीको साइबर ब्युरोमा काज सरुवा भएको छ ।

अनुपमशमशेर राणा प्रधान कार्यालयको मानवश्रोत विभाग, वीरबहादुर बुढामगर सुदूरपश्चिम प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा, कैलाली, कृष्णप्रसाद कोइराला प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखा, कृष्णप्रसाद पंगेनी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग अपरान अनुसन्धान निर्देशनालय, गोविन्द अधिकारी कोशी प्रदेश प्रहरी कायायलमा सरुवा भएका छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us