पर्वत केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डु टुडे २०८१ माघ १२ गते ९:१० मा प्रकाशित

काठमाण्डू, १२ माघ– पर्वत केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पर्वतको क्याङ केन्द्रबिन्दु भएर शुक्रबार साँझ ७ बजेर ८ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

पर्वतसहित आसपासका जिल्लामा समेत भूकम्पको सामान्य धक्का महसुस गरिएको थियो । पछिल्लो समय नेपालमा बारम्बार भूकम्पका धक्का गइरहेका छन् ।

गत २८ पुसमा तिब्बत केन्द्रबिन्दु भएर ६.९ को भूकम्प जाँदा नेपालमा ठूलै धक्का महसुस गरिएको थियो ।

भूकम्पविद्हरुका अनुसार नेपालमा दैनिक १० भन्दाबढी पटक साना भूकम्प जाने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us