८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ

काठमाण्डु टुडे २०८१ माघ ११ गते १२:२८ मा प्रकाशित

काठमाण्डू, ११ माघ– प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

पीडित परिवारको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिएका छन ।

पीडित परिवारले बिहीवार इलाका प्रहरी कार्यालय पशुपतिनगरमा जाहेरी दर्ता गरेका थिए । जाहेरी परेपछि आरोपितलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक सापकोटाले जानकारी जानकारी दिए । अनुसन्धान जारी रहेकाले प्रहरीले आरोपीको परिचय गोप्य राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us