रविका पक्षका वकिलले थाले बहस

काठमाण्डु टुडे २०८१ माघ ११ गते १४:४१ मा प्रकाशित
काठमाण्डू, ११ माघ– जिल्ला अदालत रुपन्देहीमा पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । सोही दिन उनको बयान सकिएको थियो । हिजो बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।बिहीबार सरकारी वकिलहरूले बहस गरेका थिए । आज जाहेरवालाका तर्फबाट वकिलहरूको बहस सकिएपछि अहिले प्रतिवादीका तर्फबाट वकिलहरूले बहस गरिरहेका छन् ।
प्रतिवादीका तर्फबाट अधिवक्ता सुशिल पन्तको बहस जारी भएको अदालत स्रोतले जानकारी दिएको छ ।  थुनछेक बहस सकिएपछि आदेश आउनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us