पूर्वमन्त्री शर्माको निधन

काठमाण्डु टुडे २०८१ माघ १० गते १९:०० मा प्रकाशित

बागलुङ, १० माघ– नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष रामजीप्रसाद शर्माको निधन भएको छ ।

शर्माको हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । भारतमा मिर्गौला प्रत्यारोपण गर्ने क्रममा शर्मालाई हृदयघात भएको एकीकृत समाजवादीले जनाएको छ ।

शर्माको बिहीबार नै अन्त्येष्टि गरिएको छ । यसैबीच एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले शर्माको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

शर्मा ०५६ सालमा बागलुङ–१ बाट प्रतिनिसभा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य र ०६४ को पहिलो संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य निर्वाचित भएका थिए । उनी ऊर्जाराज्यमन्त्रीसमेत भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us