समाचार

फोरम लोकतान्त्रिकले सूची बुझायो (नामावलीसहित)

२०७० पुष १५ गते १३:२४

काठमाण्डु, १५ पुस – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले समानुपातिक सभासदको नामावली निर्वाचन आयोगमा बुझाएको छ । पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने १० जना सभासदको नामावली सोमबार निर्वाचन आयोगमा बुझाइएको फोरम लोकतान्त्रिकले जनाएको छ । फोरम लोकतान्त्रिकबाट चिकित्सक डा. सुवोध पोखरेल, प्याब्सन अध्यक्ष बाबुराम पोखरेल, एन...

जनकविकेशरी थापालाई लेखनाथ पुरस्कार

२०७० पुष १५ गते १२:२५

काठमाण्डु, १५ पुस – जनकविकेशरी धर्मराज थापा ‘लेखनाथ साहित्य पुरस्कार’ बाट पुरस्कृत भएका छन् । कविशिरोमणि लेखनाथ पौड्यालको एक सय ३० औं जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्द्वारा राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रकवि तथा परिषद्का अध्यक्ष माधवप्रसाद घिमिरेले सो पुरस्कार प्रदान गरेका हुन् । पचास हजार...

मन्डेलाको स्मृतिमा काठमाण्डुमा वृक्षरोपण

२०७० पुष १५ गते १२:१५

काठमाण्डु, १५ पुस –  राष्ट्रिय सहिद तथा शान्ति उद्यानले दक्षिण अफ्रिकी रङ्गभेदी विरोधी नेता तथा शान्ति र एकताका प्रतीक नेल्नस मन्डेलाको स्मृतिमा उद्यान परिसरमा सोमबार वृक्षरोपण गरेको छ । सो अवसरमा विभिन्न जातका बिरुवा रोपिएको थियो । कार्यक्रमको शुभारम्भ गर्दै नेकपा (एमाले)का नेता एवम्...

२८ दलले आयोगमा सभासदको नामावली बुझाए

२०७० पुष १५ गते १२:०४

काठमाण्डु, १५ पुस – संविधानसभामा प्रतिनिधित्व गर्न समानुपातिक समासदको नामावली बुझाउने अन्तिम दिन साँझसम्ममा २६ दलले सूची बुझाएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, एमाअोवादीसहितका २६ दलका ३ सय १९ जना सभासदको नामावली प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । संविधानसभामा समानुपातिकतर्फ कुल ३...

अमेरिकी डलर र हतियारसहित दुई पक्राउ

२०७० पुष १५ गते १०:३०

पर्सा, १५ पुस – अमेरिकी डलर र हतियारसहित पक्राउ परेका दोलखा भीमेश्वर–११ टाँडी निवासी वर्ष २९ का राजेश केसी र सिन्धुपालचोकको कर्थली गाविस–१ निवासी ४३ वर्षीय सोन दोर्जे शेर्पालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी नलकटुवा पेस्तोल...

कर्मचारी अभावमा पाँच स्वास्थ्य चौकी बन्द

२०७० पुष १५ गते १०:१९

गोरखा, १५ पुस – जिल्लाको दुर्गम क्षेत्रमा रहेका पाँचवटा स्वास्थ्य चौकी कर्मचारी अभावमा बन्द गरिएको छ । जिल्लामा रहेका कुल ५५ वटा उपस्वास्थ्य चौकीमध्ये सिमजुङ, ताक्लुङ, उहियाँ, लाप्राक र केरौंजा उपस्वास्थ्य चौकी बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । सिमजुङ स्वास्थ्य चौकीलाई...

आगलागीको अनुसन्धानका लागि एक पक्राउ

२०७० पुष १५ गते ८:४३

दमक, १५ पुस – झापाको सतासीधाममा आगलागीमा परेर ज्यान गुमाएको घटनामा अनुसन्धान गर्न प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्थानीय रत्नबहादुर कडरिया रहेका छन् । शङ्कास्पद देखिएको यो घटनामा प्रहरीले अनुसन्धानका लागि आगलागीमा ज्यान गुमाएकी मोनिका भट्टराईसँगै मदिरा पिउने कडरियालाई नियन्त्रणमा...

सहरमा बढी र गाउँमा कम तौलका शिशु

२०७० पुष १५ गते ८:१६

काठमाण्डु, १५ पुस – गर्भवती अवस्थामा मदिरा तथा धुम्रपान सेवन गर्ने प्रवृतिलाई रोक्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्त्रालयका अनुसार अझै पनि गर्भवती अवस्थामा मदिरा सेवन गर्ने महिलाको सङ्ख्या करिब १७ र धुम्रपान गर्नेको सङ्ख्या १६ प्रतिशत रहेको...

बाबुको हत्या आरोपमा छोरा पक्राउ

२०७० पुष १५ गते ७:५२

रौतहट, १५ पुस – रौतहटको लक्ष्मीनियाँ गाविस–२ विजयपुर टोलमा कुटपिट गरी बाबुको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सत्तरी वर्षीय सुकदेव दास तत्माको गएराति आफ्नै छोराको कुटपिटबाट ज्यान गएपछि प्रहरीले उनका २८ वर्षीय छोरा वीरेन्द्रदास तत्मालाई पक्रिएको हो । कुटपिटबाट...

दार्चुलामा अनौठो गुफा भेटियो

२०७० पुष १५ गते ६:३६

दार्चुला, १५ पुस । दार्चुलाको बानीस्थित धौखानीमा पुरानो त्रिभुज आकारको गुफा भेटिएको छ  उक्त गुफा २० मिटर लामो, पाँच मिटर अग्लो र तीन मिटर चौडा छ । गुफाभित्र अनौठा किसिमका आकृतिहरु रहेको बताइन्छ । मालिकार्जुन पर्यटन पूर्वाधार विकास समितिले गुफाको संरक्षण गर्ने भएको छ...

पूर्वाञ्चलमा मनोज ग्यास अभाव

२०७० पुष १५ गते ६:३२

विराटनगर, १५ पुस – पूर्वाञ्चलमा खाना पकाउने मनोज ग्यासको अभाव भएको छ । पर्साको वीरगन्जमा रहेको मनोज ग्यास उद्योगले पूर्वाञ्चलमा ग्यास उपलव्ध नगराउँदा उपभोक्ता मर्कामा परेका छन् । यस उद्योगको पूर्वाञ्चल क्षेत्रमा विराटनगर, इटहरी,  धरान र धनकुटालगायतका शहरमा आधा दर्जन बिक्रेता रहेका छन् ।...

एमालेमा कसरी गोल्छाको नाम सर्वसम्मत ?

२०७० पुष १५ गते ५:४८

काठमाण्डु, १५ पुस–समानुपातिक सभासद चयनलाई लिएर नेकपा एमालेमा असन्तुष्टि चुलिएको छ । असन्तुष्ट एमाले कार्यकर्ताहरुले बिभिन्न जिल्लाका पार्टी कार्यालयहरुमा तालाबन्दी गरेका छन् । समानुपातिक सभासदको अन्तिम सूचीमा जिल्लाबाट एकजना पनि प्रतिनिधि नपरेपछि एमाले कार्यकर्ताहरुले नुवाकोट पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । नुवाकोटबाट महेन्द्रबहादुर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us