कञ्चनपुर, १६ पुस– जग्गाधनी प्रमाणपत्र पाएर पनि कञ्चनपुरका दुई सयभन्दा बढी मुक्तकमैया परिवारले जग्गा पाउन सकेका छैनन् । जिल्लाको दक्षिणी क्षेत्र बाइसेविचवाको पचगडियामा दुई सयभन्दा बढी मुक्तकमैया परिवारका लागि छुट्याएको जग्गा स्थानीय बासिन्दाले कब्जा गरेपछि मुक्तकमैया परिवारले जग्गा पाउन नसकेका हुन् । ‘पचकडिया र...
बैतडी, १६ पुस– सोमबार मध्यरातिदेखि पानी पर्न थालेपछि सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण बैतडीको सतबाँझ, ग्वाल्लेक, श्रीभावर, अनरखोली तथा दार्चुला र बझाङका उच्च पहाडी क्षेत्रको जनजवन कष्टकर बनेको छ । हिमपातका कारण अत्यधिक चिसो बढेर सर्वसाधारण घरबाट बाहिर निस्कन...
काठमाण्डु, १६ पुस- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र नेताहरुको चाकडी गर्नु पर्ने अवस्था आएको बताएकी छन् । उनले समानुपातिक निर्वाचन प्रणालीको सैद्धान्तिक र व्यवहारिक पक्षमा बहस गर्नु पर्ने अवस्था आएको बताएको बताएकी छन् । समानुपातिकबाट कमजोर र राजीतिक आधार नभएका ब्यक्तिहरु नेताहरुसँगको पहुँचको...
काठमाण्डु, १६ पुस– एकीकृत नेकपा माओवादीका नेता हेमन्तप्रकाश वली सुदर्शनले जनयुद्धमा आफ्नो छोरीको हत्या गर्ने पूर्व प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहलाई सभासद बनाएको भन्दै त्यसको विरोध गरेका छन् । ओलीले पार्टीले उक्त कदम नसच्याए परिणाम सोचेजस्तो नहुने चेतावनी समेत दिएका छन् । रिपोटर्स क्लबमा ओलीले...
काठमाण्डु, १६ पुस – समानुपातिक सभासद चयनको विषयमा असन्तुष्ट एकीकृत माओवादीका नेता डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षधर केन्द्रीय सदस्यहरुको छुट्टाछुट्टै छलफल गरेका छन् । भट्टराई निकट नेताहरुको बैठक भट्टराई निवास सानेपा र श्रेष्ठ निकट नेताहरुको बैठक माओवादी नेता लीलामणि पोखरेलको निवास कोटेश्वरमा...
काठमाण्डु, १६ पुस – नागरिकतालाई व्यक्तिको पहिचानको मुख्य आधार मानिए पनि अझै मुलुकमा १६ वर्ष उमेर माथिका करिब ४३ लाख मानिससँग नागरिकताको प्रमाणपत्र नरहेको एक तथ्याङ्ले देखाएको छ । विसं २०६८ को जनगणनालाई आधार मानेर गरिएको एक अध्ययनमा नागरिकता प्रमाणपत्र नभएका व्यक्तिहरुको सङ्ख्या सबैभन्दा...
काठमाण्डु, १६ पुस – नेपाली काँग्रेसद्वारा समानुपातिक निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीभित्रका विजयी उम्मेदवारहरुको नामावलीलाई सच्याउन नेपाल महिला संघले आग्रह गरेको छ । पार्टीले आयोगमा पेस गरेको विजयी नामावलीमा पार्टीको सिद्धान्त र निष्ठामा अविचलित कार्यकर्ताभन्दा शीर्ष नेताका वरिपरि घुमिरहने र उनीहरुका आफन्तहरुकै...
कैलाली १६ पुस – कैलालीको गोदावरी गाविसस्थित एक पोल्टी फार्ममा ‘एच नाइन’ भाइरसका कारण कुखुरा धमाधम मर्न थालेका छन् । स्थानीय नारद जोशीको पोल्टी फार्ममा ठूलो सङ्ख्यामा कुखुरा मर्न थालेको जिल्ला पशु सेवा कार्यालय कैलालीले जनाएको छ । पोल्ट्री फार्ममा रहेका तीन हजार ५००...
पर्सा १६ पुस – पर्साको ठोरी गाविसमा जङ्गली हात्तीले फेरि आतङ्क मच्चाएपछि स्थानीयवासी चिन्तित बनेका छन् । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलबाट गएराति बस्तीमा पसेको जङ्गली हात्तीले ठोरी–३ सरस्वतीनगरका जितबहादुर सुनारको भान्छाघर भत्काइदिएको छ । निकुञ्जको जङ्गलबाट ठोरी–५ हनुमाननगरमा पसेको जङ्गली हात्तीले सरस्वतीनगर स्थित सुनारको...
काठमाण्डु, १६ पुस – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राजनीतिमा कसैको स्थायी शत्रु नहुने बताएका छन् । नेपाली काँग्रेस भक्तपुर–२, ले दूधपाटीमा आयोजना गरेको ३७ औँ मेलमिलाप दिवस तथा बिरामीलाई फलफूल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको स्वार्थसँग गोलबद्ध हुनुपर्ने समय आएको धारणा राखे...
काठमाण्डु, १६ पुस – राष्ट्रिय योजना आयोगले बहुक्षेत्रीय पोषण योजनालाई प्रभावकारी रुपमा कार्यान्वय गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरेको छ । गत वर्षदेखि सो योजनालाई पाँचवटा मन्त्रालयहरु शिक्षा, सहरी विकास, कृषि, स्वास्थ्य तथा जनसङ्ख्या, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यान्वयमा ल्याइरहेका छन् । आयोगद्वारा...
धनगढी, १६ पुस – पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको बलिया सडकखण्डमा बस र मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बलियाका अनुसार, दुर्घटनामा परी कैलालीको टीकापुर नगरपालिकाका अन्दाजी ३५ वर्षीय जनक कुँवर र ४० वर्षीय विष्णु साउदको...