
काठमाण्डु, १६ पुस – समानुपातिक सभासद चयनको विषयमा असन्तुष्ट एकीकृत माओवादीका नेता डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षधर केन्द्रीय सदस्यहरुको छुट्टाछुट्टै छलफल गरेका छन् ।
भट्टराई निकट नेताहरुको बैठक भट्टराई निवास सानेपा र श्रेष्ठ निकट नेताहरुको बैठक माओवादी नेता लीलामणि पोखरेलको निवास कोटेश्वरमा बसेको थियो ।
माओवादीले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फका सभासदाको सूची तयार गर्दा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले एकलौटी गरेको भन्दै असन्तुष्ट बनेका भट्टराई र श्रेष्ठ पक्षका नेताहरुले आन्तरिक छलफल गरेका हुन् ।