
काठमाण्डु, १६ पुस – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राजनीतिमा कसैको स्थायी शत्रु नहुने बताएका छन् ।
नेपाली काँग्रेस भक्तपुर–२, ले दूधपाटीमा आयोजना गरेको ३७ औँ मेलमिलाप दिवस तथा बिरामीलाई फलफूल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको स्वार्थसँग गोलबद्ध हुनुपर्ने समय आएको धारणा राखे ।
उपसभापति पौडेलले स्व बिपी कोइरालाले प्रतिपादन गर्नुभएको मेलमिलाप नीतिलाई नेपाली काँग्रेसले आत्मसाथ गरेकैकारण एमाओवादीलाई निःशस्त्र तुल्याई शान्ति र लोकतन्त्रमा ल्याउन सफल भएको दाबी गरे ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति तथा सभासद् रामेश्वर ढुङ्गेलले निर्वाचनअघि आफूले जनतासामु गरेका बाचा पूरा गर्न हरपल जनताकै साथमा रहने बचनबद्धता व्यक्त गर ।
त्यसैगरी नेपाली काँग्रेस क्षेत्र नं.१ का क्षेत्रीय सभापति कृष्णलाल भँडेलले नेपाली काँग्रेस एकदलीय अधिनायकवादबिरुद्ध लड्ने पार्टी भएकाले जनताको हक अधिकारलाई कतैबाट पनि कुण्ठित हुन नदिने बताए ।
सो अवसरमा नेताहरुले भक्तपुर अस्पतालका विमारीलाई फलफूल वितरण गरेका छन् ।