
धनगढी, १६ पुस – पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको बलिया सडकखण्डमा बस र मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बलियाका अनुसार, दुर्घटनामा परी कैलालीको टीकापुर नगरपालिकाका अन्दाजी ३५ वर्षीय जनक कुँवर र ४० वर्षीय विष्णु साउदको घटनास्थमै मृत्यु भएको हो ।
टीकापुरबाट धनगढीतर्फ आउँदै गरेको कर्णाली रिभर साइड यातायातको ना४ख ९५६९ नं. को बस र विपरीत दिशाबाट आउँदै गरेको भे २ प ५९४५ नं को मोटरसाइकल मंगलबार बिहान एकापसमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।