सुदूरपश्चिममा हिमपात

काठमाण्डु टुडे २०७० पुष १६ गते ११:०७ मा प्रकाशित

humla-snowबैतडी, १६ पुस– सोमबार मध्यरातिदेखि पानी पर्न थालेपछि सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।

हिमपातका कारण बैतडीको सतबाँझ, ग्वाल्लेक, श्रीभावर, अनरखोली तथा दार्चुला र बझाङका उच्च पहाडी क्षेत्रको जनजवन कष्टकर बनेको छ ।

हिमपातका कारण अत्यधिक चिसो बढेर सर्वसाधारण घरबाट बाहिर निस्कन सकेका छैनन् ।

मौसममा एक्कासि आएको परिवर्तनले सर्वसाधारणलाई आफ्नो नियमित काममा लाग्न गाह्रो भएको छ भने मौसम अझै बदली रहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us