मन्डेलाको स्मृतिमा काठमाण्डुमा वृक्षरोपण

काठमाण्डु टुडे २०७० पुष १५ गते १२:१५ मा प्रकाशित

Nelsan mandelaकाठमाण्डु, १५ पुस –  राष्ट्रिय सहिद तथा शान्ति उद्यानले दक्षिण अफ्रिकी रङ्गभेदी विरोधी नेता तथा शान्ति र एकताका प्रतीक नेल्नस मन्डेलाको स्मृतिमा उद्यान परिसरमा सोमबार वृक्षरोपण गरेको छ । सो अवसरमा विभिन्न जातका बिरुवा रोपिएको थियो ।

कार्यक्रमको शुभारम्भ गर्दै नेकपा (एमाले)का नेता एवम् काठमाण्डु क्षेत्र नं. ३ बाट नवनिर्वाचित सभासद् रामेश्वर फुयाँलले सबै दलको सहमतिमा एक वर्षभित्र संविधान जारी गरिनुपर्ने बताए ।

उद्यानका अध्यक्ष सुदर्शन सिग्देलले मन्डेलाको जीवनबाट नेपाली राजनेताले पनि पाठ सिक्नुपर्ने बताउँदै यस्ता कार्यलाई अभियानकै रुपमा लैजाने जानकारी दिए ।

स्थानीय विकास अधिकारी प्रेम जोशी, पूर्व जिल्ला उपसभापति माधव खनाल, नेपाली काँग्रेसका नेता रामलाल श्रेष्ठलगायतले  मन्डेलाको राजनीतिक जीवन र रङ्गभेदी अभियानबारेमा बोलेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us