फोरम लोकतान्त्रिकले सूची बुझायो (नामावलीसहित)

काठमाण्डु टुडे २०७० पुष १५ गते १३:२४ मा प्रकाशित

foram-loktantrikकाठमाण्डु, १५ पुस – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले समानुपातिक सभासदको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।

पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने १० जना सभासदको नामावली सोमबार निर्वाचन आयोगमा बुझाइएको फोरम लोकतान्त्रिकले जनाएको छ ।
फोरम लोकतान्त्रिकबाट चिकित्सक डा. सुवोध पोखरेल, प्याब्सन अध्यक्ष बाबुराम पोखरेल, एन प्याब्सन अध्यक्ष गीता राणा, उद्योगपती पवन सारडा सभासद् भएका छन् ।

यसैगरी कल्पना गच्छदार, सुमित्रा विश्वास, रमनी राम, आशा चर्तुवेदी, योगेन्द्र चौधरी र दिनबन्धु अग्रवालको नाम फोरम लोकतान्त्रिकको समानुपातिक सभासदको सूचीमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us