२८ दलले आयोगमा सभासदको नामावली बुझाए

काठमाण्डु टुडे २०७० पुष १५ गते १२:०४ मा प्रकाशित

election commition of nepalकाठमाण्डु, १५ पुस – संविधानसभामा प्रतिनिधित्व गर्न समानुपातिक समासदको नामावली बुझाउने अन्तिम दिन साँझसम्ममा २६ दलले सूची बुझाएका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, एमाअोवादीसहितका २६ दलका ३ सय १९ जना सभासदको नामावली प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

संविधानसभामा समानुपातिकतर्फ कुल ३ सय ३५ जना सभासदले प्रतिनिधित्व गर्ने छन् । २ सय ४० जना प्रत्यक्ष निर्वाचित भएका छन् भने, २६ जनालाई मन्त्री परिषदले मनोनित गर्ने छ ।

आयोगका अनुसार ४ वटा दलले सूची बुझाउन बाँकी छ ।

नामावली बुझाउन बाँकी दलहरुमा मधेसी जनअधिकार फोरम नेपाल, नेपाली जनता दल, तराई मधेस सद्भावना पार्टी र संघीय समाजवादी रहेका छन् । आयोगले सोमबार राति १० बजेसम्म नामावली बुझ्ने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us