समाचार

जनवादलाई न्याय दिन के गर्ने ?

२०७० पुष १५ गते ५:२५

काठमाण्डु, १५ पुस– एकीकृत नेकपा माओवादीले दोस्रो संविधानसभा चुनावमा नराम्रोसँग पराजय व्यहोरेपछिको बहस र चर्चा अझै सेलाएको छैन । कतिपयले नेतृत्वको नैतिकतामा प्रश्न उठाएका छन् भने कतिपयले एमाओवादी विरोधी षडयन्त्रकारीतर्फ औंला सोझ्याएका छन् । केन्द्रीय कार्यालय, पूर्वपोलिटव्युरो र केन्द्रीय समितिसम्मको बैठकमा गरिएको समिक्षाले हार्नुमा...

बस दुर्घटनामा १० जना घाइते

२०७० पुष १५ गते ३:४८

काठमाण्डु, १५ पुस– पूर्वपश्चिम राजमार्ग अन्तरगत धनुषाको बेंङ्गाडाबरमा यात्रुबस दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् । काठमाण्डुबाट सिराहाको लागि छुटेको ना ४ ख ७७३० नम्बरको बस जमुनिबासमा सोमबार विहान सडक छेउँमै पल्टिएको हो । घाइतेहरुलाई उपचारको लागि जनकपुर अन्चल अस्पतालमा पठाइएको इलाका...

जेसिजको राष्ट्रिय अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

२०७० पुष १५ गते ३:०५

बागलुङ, १५ पुस–नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा काठमाण्डुका सुशीलबाबु श्रेष्ठ चयन भएका छन् । बागलुङमा जारी नेपाल जेसिजको ४० औं राष्ट्रिय महाधिवेशनबाट काठमाण्डु जेसिजका पूर्वअध्यक्ष श्रेष्ठ सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएका हुन् । अध्यक्षका लागि उम्मेदवारी दिएका इनरुवा जेसिजका पूर्वअध्यक्ष वीरेन्द्रकुमार साहले श्रेष्ठलाई समर्थन गरेपछि सर्वसम्मतरुपमा...

‘जनभावना सम्वोधन हुने संविधान बनोस्’

२०७० पुष १५ गते २:५३

काठमाण्डु, १५ पुस–राष्ट्रपति रामवरण यादवले नयाँ संविधानसभाले छिट्टै नेपाली जनताको भावना सम्वोधन हुने संविधान जारी गर्ने विश्वास व्यक्त गरेका छन् । तमु ल्होछारको अवसरमा सोमबार शुभकामना सन्देश दिदै राष्ट्रपति यादवले यस्तो विश्वास व्यक्त गरेका हुन् । राष्ट्रपति यादवले देश तथा विदेशमा रहेका सम्पूर्ण तमु...

तमु ल्होछार हर्षोल्लासका साथ मनाईंदै

२०७० पुष १५ गते २:४३

काठमाण्डु, १५ पुस– तमु (गुरुङ) समुदायको महान् चाड ल्होछार सोमबार हर्सोउल्लासका साथ मनाइदैछ । देश भित्र र बाहिर रहेका गुरुङ समुदायले सामुहिक रुपमा ल्होछार अर्थात नयाँ वर्षको स्वागतसँगै मिठा परिकार खाइ एकअर्कामा शुभकामना आदानप्रदान गरेर मनाउदैछन् । हरेक १२ वर्षमा युग परिवर्तन हुने विश्वासका...

दलहरु समानुपातिक सभासद छान्न व्यस्त

२०७० पुष १५ गते २:१७

काठमाण्डु, १५ पुस– एकीकृत नेकपा माओवादीलगायत दलले समानुपातिक सभासदहरुको सूची सोमबार निर्वाचन आयोगमा बुझाउदै छन् । सूचीलाई अन्तिम रुप दिन दलहरु आन्तरिक छलफलमा व्यस्त छन् । स्राेतका अनुसार एकीकृत नेकपा माओवादीले समानुपातिक सभासदको सूची तयार पारेको छ । सूचीलाई सोमबार केन्द्रीय कार्यालयले अन्तिम रुप...

आयोगमा सूची बुझाउने आज अन्तिम दिन

२०७० पुष १५ गते १:५४

काठमाण्डु, १५ पुस– निर्वाचन आयोगले समानुपातिक तर्फको सूची बुझाउन दलहरुलाई दिएको अन्तिम समय सीमा सोमबार सकिदै छ । आज अन्तिम दिन भएकाले निर्वाचन आयोगमा दलहरुले आफूले पाएको समानुपातिक कोटा अनुसार सभासदहरुको सूची बुझाउदै छन् । सूची तयार पार्न दलहरु विहानैदेखि छलफलमा व्यस्त छन् ।...

बस बिसौनीको योजना अलपत्र

२०७० पुष १५ गते १:४७

महोत्तरी, १५ पुस– जग्गा मुआब्जाको विषयमा निर्णय नहुँदा पूर्वपश्चिम र बिपी राजमार्गको मुख्य विन्दु बर्दिवासमा बनाउने भनिएको बस बिसौनी निर्माण अलपत्र परेको छ । जग्गाधनीले फुटपाथको मुआब्जाको माग गरेपछि बस बिसौनी निर्माण कार्य अलपत्र परेको हो । मुआब्जा नदिएसम्म निर्माण कार्य रोक्न माग गर्दै...

चौध दलले अन्तिम दिन सभासद छान्ने

२०७० पुष १४ गते १६:२७

एकीकृत माओवादी जस्तै कांग्रेसले पनि अन्तिम दिन समानुपातिक सभासदको सूची बुझाउने भएको छ सबै भन्दा ठूलो दल नेपाली कांग्रेस र तेश्रो ठूलो दल एकीकृत नेकपा माओवादीले आ-आफ्नो भागमा परेका समानुपातिक प्रणाली तर्फका सभासदको सूचि निर्वाचन आयोगले तेश्रो पल्ट थपिदिएको म्याद सकिने दिन सोमवार मात्र...

पेट्रोलियम पदार्थको मूल्य तत्काल नबढ्ने

२०७० पुष १४ गते १४:५९

काठमाण्डु, १४ पुस- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ । ११ विद्यार्थी संगठन र निगमबीच आइतबार भएको छलफलमा नियम र विद्यार्थीहरुबीच यस्तो सहमति भएको हो । छलफलमा निगमका अधिकारीहरुले घाटा बढेको भएपनि सरकारले अनुदान नदिएको भन्दै मूल्यबृद्धि गर्नुपर्ने तभए पेट्रोलियम पदार्थ...

लक्ष्मीकली उत्कृष्ट हात्ती

२०७० पुष १४ गते १४:५८

चितवन, १४ पुस– चितवनको सौराहामा जारी हात्ती महोत्सवअन्तर्गत हात्ती सुन्दरी प्रतियोगितामा लक्ष्मीकलीले उत्कृष्ट हात्ती सुन्दरीको ताज पहिरिएको छ । आइतबार भएको अन्तिम प्रतिस्पर्धामा पिङ्कीकली र प्रकृतिकलीलाई पछि पार्दै लक्ष्मीकलीले उत्कृष्ट हात्ती सुन्दरीको ताज पहिरिएको हो । चौध वर्षीय युनाइटेड हात्ती सफारीको लक्ष्मीकलीले ८५ दशमलव...

काँग्रेसमा अन्तरघातको किचलो कायमै

२०७० पुष १४ गते १३:५६

जाजरकोट, १४ पुस – चुनावमा अन्तरघात गरेर पार्टीको आधिकारीक उम्मेदवारलाई हराएको भन्दै नेपाली काँग्रेस जाजरकोटले पाँचजना नेता विरुद्ध कारबाहीको सिफारिस गरेको छ । पार्टीका जिल्ला नेताहरु झलकनाथ वाग्ले, उनकी श्रीमती चिन्ताकुमारी वाग्ले, राम शाह, रमेश सिंह र सनत कार्की विरुद्ध कारबाहीको सिफारिस गरिएको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us