‘जनभावना सम्वोधन हुने संविधान बनोस्’

काठमाण्डु टुडे २०७० पुष १५ गते २:५३ मा प्रकाशित

rambaranकाठमाण्डु, १५ पुस–राष्ट्रपति रामवरण यादवले नयाँ संविधानसभाले छिट्टै नेपाली जनताको भावना सम्वोधन हुने संविधान जारी गर्ने विश्वास व्यक्त गरेका छन् । तमु ल्होछारको अवसरमा सोमबार शुभकामना सन्देश दिदै राष्ट्रपति यादवले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

राष्ट्रपति यादवले देश तथा विदेशमा रहेका सम्पूर्ण तमु समुदायका दिदी बहिनी तथा दाजुभाई प्रति सुख, शान्ति र समृद्धिको कामना समेत गरेका छन् । राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा देशका सबै क्षेत्रमा बसोबास गर्ने मानव समुदायबीच साँस्कृतिक आस्थासँगै देशका सबै चाडपर्व, भाषा, भेषभुषा, संस्कृति र परम्पराको संरक्षण र सम्वद्र्धन गर्न यस्ता पर्वले थप योगदान दिने उल्लेख छ ।

यसैगरी उपराष्ट्रपति परमानन्द झा र अन्तरिम मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले तमु ल्होछार २०७० को अवसरमा देश तथा विदेशमा रहेका सबै गुरुङ समुदायमा शुभकामना दिएका छन् ।

ल्होछारको अवसरमा विभिन्न दलका शीर्ष नेताहरुले पनि शुभकामना दिएका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तुम (गुरुङ्ग) समुदायको नयाँ वर्ष सुख, शान्ति र प्रगतिको वर्ष बनोस् भन्ने कामना गरेका छन् । प्रचण्डले सोमबार दिएको शुभकामना सन्देशमा यो पर्वले नेपालको विविध संस्कृति र समुदायका बीचमा अझ बढी सदभाव र सहकार्यको वातावरण बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us