पेट्रोलियम पदार्थको मूल्य तत्काल नबढ्ने

काठमाण्डु टुडे २०७० पुष १४ गते १४:५९ मा प्रकाशित

oil nigamकाठमाण्डु, १४ पुस- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ । ११ विद्यार्थी संगठन र निगमबीच आइतबार भएको छलफलमा नियम र विद्यार्थीहरुबीच यस्तो सहमति भएको हो ।

छलफलमा निगमका अधिकारीहरुले घाटा बढेको भएपनि सरकारले अनुदान नदिएको भन्दै मूल्यबृद्धि गर्नुपर्ने तभए पेट्रोलियम पदार्थ आयात गर्न नसक्ने बताएको थियो ।

आयल निगमले मूल्य समायोजन गर्नुपर्ने बताएपनि आफूहरु असहमत भएपछि तत्काल मूल्य नबढाउने सहमति भएको नेविसंघका प्रवक्त युपी लामिछानेले जानकारी दिए ।

विद्यार्थीले दुई रंगको सिलिण्डर र मूल्य कार्यान्वयन गर्न, विद्यार्थीहरुलाई दिने भनिएको छुट लागू गर्न र कृतिम अभाव हटाउन आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us