
महोत्तरी, १५ पुस– जग्गा मुआब्जाको विषयमा निर्णय नहुँदा पूर्वपश्चिम र बिपी राजमार्गको मुख्य विन्दु बर्दिवासमा बनाउने भनिएको बस बिसौनी निर्माण अलपत्र परेको छ । जग्गाधनीले फुटपाथको मुआब्जाको माग गरेपछि बस बिसौनी निर्माण कार्य अलपत्र परेको हो ।
मुआब्जा नदिएसम्म निर्माण कार्य रोक्न माग गर्दै जग्गाधनीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि बस बिसौनी निर्माणको काम अलपत्र परेको बर्दिवास व्यापार संघका अध्यक्ष सुरेश राउतले जानकारी दिए ।
यसअघि पूर्वपश्चिम राजमार्गबाट १ सय मिटर उत्तरतिर बिपी राजमार्गको दायाँ–बायाँ समेटिने गरी बस बिसौनी बनाउने निर्णय भएको थियो ।