
बागलुङ, १५ पुस–नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा काठमाण्डुका सुशीलबाबु श्रेष्ठ चयन भएका छन् । बागलुङमा जारी नेपाल जेसिजको ४० औं राष्ट्रिय महाधिवेशनबाट काठमाण्डु जेसिजका पूर्वअध्यक्ष श्रेष्ठ सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएका हुन् ।
अध्यक्षका लागि उम्मेदवारी दिएका इनरुवा जेसिजका पूर्वअध्यक्ष वीरेन्द्रकुमार साहले श्रेष्ठलाई समर्थन गरेपछि सर्वसम्मतरुपमा अध्यक्षको चयन भएको हो ।
श्रेष्ठ यसअघिको ३९ औं राष्ट्रिय महाधिवेशनमा निवर्तमान अध्यक्ष भोलेश्वर दुलालसँग पराजित भएका थिए ।
चार कार्यकारिणी उपाध्यक्ष पदमा आठ र १२ जना उपाध्यक्षका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका थिए । कार्यकारिणी उपाध्यक्षमा महेश पौडेल, श्रीकृष्ण श्रेष्ठ, विष्णु बराल, रमेश अधिकारी, श्रीधर बस्याल, सुवासचन्द्र गौतम, अर्जुनप्रसाद चापागाइं र सङ्गीता शर्मा पौडेल रहेका छन् ।
उपाध्यक्षका लागि उत्तम कोइराला, विष्णु लम्साल, नगेन्द्रराज बराल, अशोक शङ्कर, सीमाकुमारी चन्द, सुजन श्रेष्ठ, महेशकुमार आचार्य, जयप्रकाश न्यौपाने, अमितराज दैवज्ञ, रमेश काफ्ले, जीवन पराजुली, सुवासकुमार भट्टराई, ओमकार विष्ट, दिनेश अधिकारी, आनन्द अधिकारी, शिवप्रसाद गैरे, प्रकाशप्रसाद अधिकारी, जितेन्द्रकुमार बर्तौला, बैकुण्ठ अर्याल र राजन मानन्धर रहेको निर्वाचन आयुक्त गेहेन्द्रप्रसाद दाहालले जानकारी दिए ।
देशभरका एक हजार २४३ मतदाता र अध्यक्षको अधिकारमा रहने गरी ७१५ जना मतदाता गर्दा कुल एक हजार ९५८ जनाले महाधिवेशनको निर्वाचनमा मतदान गरेका छन् । आइतबार साँझ ७ बजेदेखि सुरु भएको मतदान राति १० बजे सम्पन्न भएको थियो ।
सोमबार नयाँ नेतृत्व चयनसहित जेसिजको महाधिवेशन सकिने बागलुङ जेसिजका अध्यक्ष दिवाकर शाक्यले जानकारी दिए ।