बस दुर्घटनामा १० जना घाइते

काठमाण्डु टुडे २०७० पुष १५ गते ३:४८ मा प्रकाशित

काठमाण्डु, १५ पुस– पूर्वपश्चिम राजमार्ग अन्तरगत धनुषाको बेंङ्गाडाबरमा यात्रुबस दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् । काठमाण्डुबाट सिराहाको लागि छुटेको ना ४ ख ७७३० नम्बरको बस जमुनिबासमा सोमबार विहान सडक छेउँमै पल्टिएको हो ।

घाइतेहरुलाई उपचारको लागि जनकपुर अन्चल अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

यसैबीच नवलपरासी सदरमुकाम परासीबाट सुनवलका लागि छुटेको लु १ ज ३३६० नम्बरको जीप गएराती दुर्घटना हुँदा दुम्कीबास ३ का  ५५ बर्षीय जंगबहादुर वि.क.को मृत्यु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us