
दार्चुला, १५ पुस । दार्चुलाको बानीस्थित धौखानीमा पुरानो त्रिभुज आकारको गुफा भेटिएको छ उक्त गुफा २० मिटर लामो, पाँच मिटर अग्लो र तीन मिटर चौडा छ । गुफाभित्र अनौठा किसिमका आकृतिहरु रहेको बताइन्छ ।
मालिकार्जुन पर्यटन पूर्वाधार विकास समितिले गुफाको संरक्षण गर्ने भएको छ भने शिखरधामका पुजारी दयानन्द विष्टले पहिलो पटक गुफामा पूजा गरेका छन् ।
शिखर जाने मूलबाटो मै गुफा रहेकाले यसको विशेष धार्मिक महत्व रहेको स्थानीयवासी बताउँछन् ।
बीस वर्ष अगाडि सो गुफामा धाप निसिलका रुट्रपाल बसेको र उनी त्यही बेपत्ता भएको हुनसक्ने स्थानीयबासी बताउँछन् ।
सो गुफा प्राचीनकालमा बनेको हुन सक्ने स्थानीय धर्मगुरु श्यामसिंह धाँमीले बताए ।