समाचार

ट्रकको ठक्करबाट महिलाको मृत्यु

२०७१ असार १८ गते ३:१६

काठमाण्डु, १८ असार – काठमाण्डुको तीनथानामा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ । मंगलबार बेलुकी भएको दुर्घटनामा बाजुरा हात्तिचौर घर भई हाल सतुङगल बस्ने चम्पा ओलीको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । बा ५७ प ९८ ११ नम्बरको स्कुटरमा सवार ओलीलाई ना...

एमालेलाई रोबोटले ‘अन’ गर्ने

२०७१ असार १८ गते २:३२

काठमाण्डु, १८ असार–राजनीतिक दल मात्र होइन, भ्रातृ–भगिनी र वर्गीय संगठनका विभिन्न सम्मेलन, भेला र अधिवेशन आउनु महिनादिन अघि नै सहरबजारका भित्ता पोस्टर, ब्यानरले छोपिन्थे, विभिन्न नाराले पोतिन्थे। नेताहरुका तस्बिर अंकित पोस्टर र नारा पोतिएका भित्ता कार्यक्रमपछि सफा गर्न कसैले चासो नदिँदा लामो समयसम्म सहर...

वामदेव र बिद्या १५ बर्षदेखि एउटै पदमा

२०७१ असार १८ गते २:२२

काठमाण्डु, १८ असार –नेतृत्व हस्तान्तरणको बेलुन उडाउँदै केपी ओलीलाई अघि सारिरहेका मुख्य सारथीहरु वामदेव गौतम र विद्या भण्डारीलाई हेर्दा एमालेका कार्यकर्ताहरु दंग परेका छन् । माधव नेपालले १५ वर्ष खाएको आरोप लगाउनेहरु स्वयंचाहिँ लगातार १५ वर्षभन्दा बढी समय एउटै पदमा टाँसिइरहेको बुधबार साप्ताहिकले लेखेको...

भ्रष्टाचारीसँग सम्झौता हुँदन: कार्की

२०७१ असार १७ गते ११:४८

पोखरा, १७ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचारविरुद्धका उजुरीउपर छिटोभन्दा छिटो छानबिन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । अख्यितयारको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको निरीक्षणपछि कार्कीले सार्वजनिक सेवा सुविधामा हुने गरेका ढिलाइ र अनियमितताविरुद्ध सूचना र उजुरी प्राप्त संकलन गरी ती...

माधव नेपाललाई हराउने माइकलाल जन्मेकै छैन : भट्टराई

२०७१ असार १७ गते ११:३६

काठमाण्डु, १७ असार– एमाले युवा नेता युवा नेता एवम सचिव पदका प्रत्यासी योगेश भट्टराईले जनताको बहुदलीय जनवादको व्याख्याता केपी ओली नभई माधवकुमार नेपाल भएको दाबी गर्दै विचार नभएका ओलीले नेतृत्व लिए पार्टी भद्रगोल हुने बताएका छन् । रिपोर्टर्स क्लबमा मंगलबार भएको कार्यक्रममा उनले विचार...

रिक्सा नदीमा खस्दा तीन जनाको मृत्यु

२०७१ असार १७ गते ११:२४

पाल्पा, १७ असार– पाल्पाको सिद्धबाबा नजिकै इलेक्ट्रोनिक रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शिद्धबाबा मन्दिररमा पूजा गरेर बुटवल फर्किएको नयाँ रिक्सा सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डको माथिल्लो सिद्धबाबा र तल्लो सिद्धबाबा नजिकै छरछरे छहराबाट डेढसय मिटर तल तिनाउ नदीमा खस्दा...

पुरानो घर भत्काउने क्रममा पुरिएर दुईको मृत्यु

२०७१ असार १७ गते ११:१२

पोखरा, असार १७ – पोखराको लेकसाइडमा पुरानो घर भत्काउने क्रममा दुई मजदुरको मृत्यु भएको छ । लेकसाइट गौरीघाटका बाबुराम लामिछानेको घर भत्काउने क्रममा पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा पर्सा महादेवपट्टी–५ का मनोहर दास र हरिनन्दन भण्डारी छन्...

क्रिकेट प्रशिक्षकको म्याद एक वर्ष थप

२०७१ असार १७ गते ११:०६

काठमाण्डु, १७ असार– सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदु दसानायकेको म्याद थप गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले पुवुदुको अवधि आगामी एक वर्षका लागि थप गरेको हो । क्यानको आर्थिक अवस्थामा सुधार नभएसम्म प्रशिक्षकको खर्च सरकारले व्यहोर्ने निर्णय मन्त्रालयले गरेको छ ।...

पार्टी बैठकमा विरोध गर्ने सत्ता पक्षका सभासदले संसदमा किन गरे नीति कार्यक्रमको समर्थन ?

२०७१ असार १७ गते ८:०१

काठमाण्डु, १७ असार– सरकारले व्यवस्थापिका–संसदमा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा प्रतिपक्षी ९ दलका ९५ सभासदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । राष्ट्रपति रामवरण यादवले आइतबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रमुख प्रतिपक्षी एमाओवादी, नेमकिपा, राप्रपा, राप्रपा नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय...

काठमाण्डुमा ६० पत्रकार पक्राउ

२०७१ असार १७ गते ७:४९

काठमाण्डु, १७ असार– प्रहरीले अर्थ मन्त्रालयमा धर्नामा बसेका ६० पत्रकारलाई पक्राउ गरेको छ । साना लगानीका पत्रपत्रिकाकाले पाउनुपर्ने लोकल्याणकारी विज्ञापन बापतको २५ प्रतिशत रकम उपलब्ध गराउन माग गर्दै धर्नामा बसेका पत्रकारलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । सरकारले गत वर्ष विज्ञापनमा...

नुवाकोटकी चेलीलाई विद्यावारिधि

२०७१ असार १७ गते ७:४८

काठमाण्डु, १७ असार– त्रिभुवन विश्वविद्यालयले महेन्द्ररत्न बहुमुखी क्याम्पस ताहाचलकी सह–प्राध्यापक अम्बिकादेवी घिमिरेलाई ‘नेपाली बालकवितामा लक्ष्मीप्रसाद देवकोटाको योगदान’ शीर्षकमा विद्यावारिधि प्रदान गरेको छ । प्रा डा महादेव अवस्थीको शोधनिर्देशनमा आइतबार उउनले  उपाधि प्राप्त गरेकी हुन् । पिता शिवप्रसाद रिमाल र माता चेतकुमारीको कोखबाट नुवाकोट सामरीमा...

पहिरोले पुरिएर बालिकाको मृत्यु

२०७१ असार १७ गते ६:५९

तनहुँ, १७ असार– तनहुँको शुक्ला गण्डकी नगरपालिका– १२ स्थित बगाले टोलमा सोमबार राति वर्षापछि आएको पहिरोले पुरिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नरबहादुर श्रेष्ठकी १३ वर्षीया छोरी अमृता रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । भान्सामा खाना पकाउँदै गरेकी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us