क्रिकेट प्रशिक्षकको म्याद एक वर्ष थप

काठमाण्डु टुडे २०७१ असार १७ गते ११:०६ मा प्रकाशित

काठमाण्डु, १७ असार– सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदु दसानायकेको म्याद थप गरेको छ ।
pubuduयुवा तथा खेलकुद मन्त्रालयले पुवुदुको अवधि आगामी एक वर्षका लागि थप गरेको हो ।
क्यानको आर्थिक अवस्थामा सुधार नभएसम्म प्रशिक्षकको खर्च सरकारले व्यहोर्ने निर्णय मन्त्रालयले गरेको छ । यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक संकट परेको भन्दै
पुबुदुको म्याद थप्न नसकिने निर्णय गरेको थियो । क्यानको निर्णयप्रति क्रिकेट खेलाडी र क्रिकेट प्रेमीले असन्ुतष्टि जनाएका थिए । सोमबार म्याद सकिएका पुबुदु घर बिदामा गएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us