वामदेव र बिद्या १५ बर्षदेखि एउटै पदमा

काठमाण्डु टुडे २०७१ असार १८ गते २:२२ मा प्रकाशित

bambidhyaकाठमाण्डु, १८ असार –नेतृत्व हस्तान्तरणको बेलुन उडाउँदै केपी ओलीलाई अघि सारिरहेका मुख्य सारथीहरु वामदेव गौतम र विद्या भण्डारीलाई हेर्दा एमालेका कार्यकर्ताहरु दंग परेका छन् ।
माधव नेपालले १५ वर्ष खाएको आरोप लगाउनेहरु स्वयंचाहिँ लगातार १५ वर्षभन्दा बढी समय एउटै पदमा टाँसिइरहेको बुधबार साप्ताहिकले लेखेको छ । तीमध्येका एक वामदेव गौतम १५ वर्षदेखि निरन्तर अखिल नेपाल किसान महासंघको अध्यक्ष छन् ।
गौतमले त्यसयता भएका किसान महासंघको महाधिवशेनमा कसैलाई अध्यक्षमा उठ्नै दिएका छैनन् । उनले किसान संघलाई किसानहरुबाट पूरै कटेको सुकिला मुकिलाको संगठनमा रुपान्तरण गरेका छन् ।
अरुलाई पटक पटक एउटै पदमा जान दिनुहुँदैन भनेर भाषण गरिरहने गौतमचाँहि तेस्रोपटक उही पद उपप्रधानमन्त्री हुन मरिहत्ते गरेको तथ्य पनि कसैबाट लुकेको छैन ।त्यसैगरी केपी ओलीको आर्थिक तथा प्रशासनिक विभाग सम्हालिरहेकी विद्या भण्डारी आजीवन पद नछाड्ने एमालेकी अर्की नेतृ हुन् ।

०५५ सालमा अखिल नेपाल महिला संघको अध्यक्ष बनेपछि उनले त्यस पदमा अहिलेसम्म अरुलाई आँखा लगाउनै दिएकी छैनन् ।
त्यसयता अनेमसंघको अध्यक्षमा आँखा लगाउनेहरुलाई भण्डारीले पार्टीबाटै बाहिरिन बाध्यसमेत पारेकी छन् । बुधवार साप्ताहिकले खवर छापेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us