समाचार

प्रधानमन्त्री नसुध्रिए गठबन्धन तोडिन्छ : एमाले

२०७१ भदौ ५ गते १२:२४

काठमाण्डु, ५ भदौ – नेकपा एमाले नेता शंकर पोख्रेलले प्रधानमन्त्री सुशील कोइराला नसुध्रिए एमाले सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । माघ ८ गते संविधान निर्माण गर्ने गरि राष्ट्रिय जिम्मेवारी बोधका कारण आफूहरुले नेपाली काग्रेससँग अप्ठयारोका बाबजुत पनि सहकार्य गरिरहेको स्पष्ट पारेका छन । रिपोर्टर्स...

तीजको दर खाएर महिलासँग छमछमी नाचे कमल थापा

२०७१ भदौ ५ गते १२:१०

मकवानपुर, ५ भदौ– राप्रपा नेपालका अध्यक्ष कमल थापा तीजको अवसरमा महिलाहरुले आयोजना गरेको कार्यक्रममा नाचेका छन् । पार्टी सम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले गृह जिल्ला मकवानपुरमा गरेको कार्यक्रममा थापा बिहीबार छमछमी नाचेका हुन् । थापाले पत्नी प्रलितालाई पनि सँगै नचाएका थिए । अध्यक्ष नै...

अवैध भिओआईपी संचालन गर्ने बंगलादेशी पक्राउ

२०७१ भदौ ५ गते १२:०९

काठमाण्डु, ५ भदौ – अवैध रुपमा भिओआईपी संचालन गर्ने तीन बंगलादेशी नागरिक पक्राउ परेका छन् । हाल काठमाण्डु–१७ खुशिबू बस्ने २५ बर्षीय मोहम्मद हसन इकबाल र बालुवाटार बस्ने २६ बर्षीय नयन र काठमाडौ–४ ३६ बर्षीय एकेएम फजेल लाई प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय...

प्रधानमन्त्री बिरामी भएकाले संविधानमा ढिलाइ: भट्टराई

२०७१ भदौ ५ गते ११:४४

काठमाण्डु, ५ भदौ– संविधानसभाअन्तर्गतको राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले प्रधानमन्त्री सुशील कोइराला बिरामी परेका कारण संविधान निर्माण प्रक्रियामा ढिलाइ भइरहेको बताएका छन् । संविधानसभाको रिर्पाेटिङ गरिरहेका पत्रकारसँग सिंहदरबारमा बिहीबार भएको छलफलमा भट्टराईले कोइरालाको अस्वस्थताका कारण विवादित विषयमा सहमति जुटाउन ढिलाइ भएको...

बाँकी रकम भत्ताको नाममा झ्वाम

२०७१ भदौ ५ गते १०:०६

गाेरखा, ५ भदाै – जिल्ला विकास समिति गोरखाले विभिन्न शीर्षकमा खर्च नभएको  एक लाख २८ हजार कागज मिलाएर कार्यालय प्रमुखहरूलाई भत्ता बाँडेको पाइएको छ । गोरखाका गाविस खुल्ला दिसामुक्त क्षेत्र भएको घोषणा कार्यक्रममा उपस्थित रहेको भन्दै जिविसको बजेट कागज मिलाएर अनियमितरुपमा कार्यालय प्रमुखहरूले भत्ता...

कामदारहरुले तिर्नु परेको मोटो रकमबारेमा विचार गर्नेछु : मलेसियाली मन्त्री

२०७१ भदौ ५ गते ९:५२

काठमाण्डु, ५ भदौ – मलेसियाली मानव संसाधन मन्त्री दातुक रिचार्ड रिवटले मलेसियामा रहेका नेपालीहरु इमान्दार र परिश्रमी रहेको बताएका छन् । श्रम तथा रोजगार मन्त्रालय सिंहदरबारमा बिहिबार भएको भेटमा मन्त्री दातुक रिचार्ड रिवटले नेपाली कामदार इमान्दार, मेहनती र परिश्रमी भएको बताएका हुन् । नेपालबाट...

एमाले नेता नेपाल र भारतीय राजदूतबीच भेट

२०७१ भदौ ५ गते ९:२९

काठमाण्डु, ५ भदौ– एमाले नेता माधवकुमार नेपाल र नेपालका लागि भारतीय राजदूत रञ्जित रेबीच बिहीबार भेटवार्ता भएको छ । नेपाल निवास कोटेश्वरमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण र नेपाल(भारत सम्बन्धबारे कुराकानी भएको थियो । राजदूत रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल...

विजय कुमारको ‘खुसी’ भदौ २७ मा सार्वजनिक हुने

२०७१ भदौ ५ गते ९:०३

काठमाण्डु, ५ भदौ – चर्चित टक सो प्रस्तोता एवं स्तम्भकार विजय कुमारको पहिलो पुस्तक ‘खुसी’ भदौ २७ गते बजारमा आउने भएको छ । विजय कुमारको पुस्तक फाइनप्रिन्टले प्रकाशित गर्दैछ । पुस्तकका बारेमा विजय कुमारले भने ( ‘ पहिलो कृती ‘खुसी’ले मलाई लेखनसँग प्रेम गर्ने...

ओलीले प्रधानमन्त्रीलाई भने, ‘ काँग्रेसका मन्त्री एमालेका सुराकी’

२०७१ भदौ ५ गते ८:०२

काठमाण्डु, ५ भदौ – प्रधानमन्त्री सुशील कोइरालाले संसदबाट राष्ट्रपति र उपराष्ट्रपतिलाई अनुमोदन गर्नुपर्ने बखेडा नगर्न सत्ता साझेदार एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन् । बिहिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष ओलीलाई सरकार सञ्चालनमा भएका कमजोरी सच्याउन आफू तयार रहेको भन्दै कोइरालाले राष्ट्रपतिको प्रसङ्ग...

त्रिशुलीमा ट्रक खस्दा एकको मृत्यु, अाठ घाइते

२०७१ भदौ ५ गते ६:२३

धादिङ, ५ भदौ – पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट गाविस-१ स्थित मलेखु नजिकै त्रिशूली नदीमा बिहीबार बिहान एउटा ट्रक खस्दा त्यसमा सवार एकजनाको ज्यान गएको छ । दुर्घटनामा अनय आठ जना घाइते भएका छन् । मृतकको सनाखत भने हुन सकेको छैन । काठमाडौंबाट वीरगन्ज जाँदै गरेको...

मलेसियाका जेलमा रहेका नेपाली फर्काउन पहल

२०७१ भदौ ५ गते ४:१०

काठमाण्डु, ५ भदौ– नेपालले मलेसियामा रहेका अवैध कामदारलाई स्वदेश फिर्ता ल्याउन पहल गर्ने भएको छ । नेपाल भ्रमणमा रहेका मलेसियाली मानव संसाधनमन्त्री दातुक रिचार्ड रियट जइमसँग नेपाली अधिकारीले त्यहाँ रहेका अवैध नेपाली कामदारको स्वदेश फिर्तीका लागि सम्भावित कानुनी उपायबारे छलफल गर्न लागेका हुन् ।...

मोदीलाई नेपालमा को–कोबाट सुरक्षा थ्रेट ?

२०७१ भदौ ५ गते २:५७

काठमाण्डु, ५ भदौ– तीन दिन लगातारको बैठकपछि सरकारले सार्क सम्मेलनमा आउने उच्च सुरक्षा जोखिमयुक्त देशका सरकार प्रमुखको सवारीमा सुरक्षाकर्मीक लागि मात्रै दुई दर्जनभन्दा बढी सवारी साधन र करिब १० हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । सवारीका क्रममा दुईतर्फी सडक खाली गर्ने निर्णय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us