रास्वपाको केन्द्रीय सदस्य हार्ने बालेन क्याविनेटका एक मात्रै सदस्य श्रममन्त्री यादव

काठमाण्डु टुडे २०८३ असार १२ गते १५:२७ मा प्रकाशित

काठमाण्डू, १२ असार– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

मन्त्रिपरिषद्‍का अन्य आठजना सदस्यहरू रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित हुँदा उनी मात्रै रास्वपाको केन्द्रीय समितिको सदस्य हार्ने मन्त्री बने ।

मन्त्री यादवले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । ६४ जना खुला केन्द्रीय सदस्यका लागि २१० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

पहिलो चरणको निर्वाचनमा कुल खसेको दुई हजार ९५९ मतमध्ये मन्त्री यादवले मात्र ८६९ मत प्रप्त गरेका हुन । बालेन शाह नेतृत्वको सरकार १७ मन्त्रीमध्ये यादवसहित आठ जनाले पार्टीको केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता गरेका थिए ।

जसमध्ये श्रममन्त्री यादवबाहेक अन्य सात जना मन्त्रीहरू भने रास्वपाको केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us