तीजको दर खाएर महिलासँग छमछमी नाचे कमल थापा

काठमाण्डु टुडे २०७१ भदौ ५ गते १२:१० मा प्रकाशित

मकवानपुर, ५ भदौ– राप्रपा नेपालका अध्यक्ष कमल थापा तीजको अवसरमा महिलाहरुले आयोजना गरेको कार्यक्रममा नाचेका छन् ।

kamal
पार्टी सम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले गृह जिल्ला मकवानपुरमा गरेको कार्यक्रममा थापा बिहीबार छमछमी नाचेका हुन् ।

थापाले पत्नी प्रलितालाई पनि सँगै नचाएका थिए । अध्यक्ष नै नाचेपछि कार्यक्रममा सहभागी पार्टीका सबै महिला तथा पुरुष कार्यकर्ता जानीनजानी नाचेका थिए । थापा पार्टी कामका सिलसिलामा केही दिनयता हेटौंडामा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us