समाचार

बागमतिमा ढुंगा पल्टिँदा हराएका दुई महिलाको शव भेटियो

२०७१ भदौ ६ गते ४:३३

रौतहट, ६ भदौ– रौतहटको पिपरा रजवाडाघाटस्थित बागमती नदीमा बिहीबा भएको डुंगा दुर्घटनामा हराइरहेका दुई महिला मृत भेटिएका छन् । पिपरा रजवाडा–७ की ६५ वर्षीया सुखिया पण्डित र ६० वर्षीया जितनी दासको शव शुक्रबार भेटिएको हो । उनीहरुको शव बागमति नदी किनारमा भेटिएको उद्धारमा संलग्न...

ललितपुरको पुलचोकमा युवकको घाँटी रेटेर हत्या

२०७१ भदौ ६ गते २:५६

ललितपुर, ६ भदौ– ललितपुरको पुल्चोकमा एक युवकको हत्या भएको छ । खडगयोगनी मन्दिर छेउमा घाँटी रेटेर युवकको हत्या भएको हो । अन्दाजी २५ वर्षीय युवकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।...

नराम्री श्रीमतीका श्रीमानले गर्छन हिंसा

२०७१ भदौ ६ गते २:४७

काठमाण्डु, ६ भदौ– मन पराएर राजीखुसी बिहे भएका दम्पत्तीमा केही समयदेखि रुपलाई लिएर घर झगडा हुने गरेको पाइएको छ । धेरैजसो श्रीमानले श्रीमतीलाई राम्री देख्न छाडेपछि अरुसँग लाग्ने र त्यही कारण हिंसा हुने गरेको देखिएको हो । महिलाविरुद्ध हुने हिंसामाथि अनुसन्धान गर्दै आएको महानगरीय...

राष्ट्रपति र ओलीले धम्क्याएपछि प्रधानमन्त्रीलाई ‘टेन्सन’

२०७१ भदौ ६ गते २:४०

काठमाण्डु, ६ भदौ– राष्ट्रपति उपराष्ट्रपति अनुमोदनको विषयमा सत्तारुढ कांग्रेस–एमाले विवादले प्रधानमन्त्री सुशील कोइराला दबाबमा परेका छन् । संविधान घोषणाअघि राष्ट्रपति अनुमोदनको कुरा नउठाउन प्रधानमन्त्री कोइरालाले आग्रह गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यावन्यनबाट नपन्छिन् चेतावनी दिएका छन् । राष्ट्रपतिको दबाब, पार्टीभित्रको असन्तुष्टि...

श्रीकृष्णलाई सम्झेर रोइरहिन श्वेता

२०७१ भदौ ६ गते २:१०

काठमाण्डु, ६ भदौ –पति श्रीकृष्ण श्रेष्ठको मृत्युको १३ औं दिनसम्म पनि श्वेता खड्का सामान्य अवस्थामा फर्किन सकेकी छैनन् । श्रीको १३ औं पुण्यतिथिमा परिवारले राखेको प्रसादग्रहण कार्यक्रममा उनी भावविह्वल बनिन् । उनको अवस्था देखेर नरसाएका आखाँ सायदै थिए । श्रीकृष्णको परिवारले १३ औं पुण्यतिथिको...

रक्तदाता नै एचआईभी संक्रमित

२०७१ भदौ ६ गते २:०४

काठमाण्डु, ६ भदौ –२६ वर्षको उमेरमा पहिलोपटक रक्तदान गरेपछि भिमसेनगोलाका राजु (नाम परिवर्तन) निकै खुसी थिए । जीवनदानका रुपमा लिइने भएकाले अब हरेक तीनतीन महिनामा रक्तदान गर्ने उनको योजना थियो । तर रक्तदान गरेको दोस्रो दिनमै उनको योजना चकनाचुर भयो । केन्द्रीय रक्तसञ्चार सेवा...

भारतसँग विद्युत व्यापार सम्झौता नगर्न १० कम्युनिष्ट घटकको माग

२०७१ भदौ ५ गते १४:४६

काठमाण्डु, ५ भदौ– साना १० बाम पार्टीेले तत्काल भारतसँग विद्युत व्यापार सम्झौता नगर्न प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराएका छन् । नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा बालुवाटार पुगेर बिहीबार उनीहरुले त्यस्तो माग गरेका हुन् । प्रधानमन्त्रीलाई तीन बुँदे ज्ञापनपत्र बुझाउँदै ती दलले भारतसँग...

सीके राउतको मधेस टुक्र्याउने अभियानमा बाबुराम सकारात्मक !

२०७१ भदौ ५ गते १४:१०

काठमाण्डु, ५ भदौ– नेपालबाट मधेसलाई अलग्याएर छुट्टै देश बनाउने अभियानमा रहेका सीके राउतले एमाआवादी नेता बाबुराम भट्टराई समक्ष मुलुक टुक्र्याउने प्रस्ताव राखेका छन् । राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका भट्टराईसमक्ष उनले बिहीबार नयाँ बन्ने संविधानमा उक्त प्रावधान राख्नुपर्ने माग गरेका हुन् ।...

डुंगा पल्टिएर डुबेका सबैले पौडी खेलेर ज्यान जेगाए

२०७१ भदौ ५ गते १४:०७

रौतहट, ५ भदौ– रौतहटको पिपरा रजवाडा–७ स्थित वागमति नदीमा डुंगा पल्टिँदा हराएका अधिकांश जिवितै सम्पर्कमा आएका छन् । बिहीबार करिब ५ बजेको समयमा डुंगा पल्टिँदा त्यसमा सवार करिब ५० जना डुबेका थिए । अधिकांश पौडी खेल्न जान्ने यात्रु भएकाले ज्यान जोगाउन सफल भएको र...

गैरमुस्लिमसँग अनैतिक सम्बन्ध राखेको आरोपमा कुटेर हत्या

२०७१ भदौ ५ गते १४:०५

सुनसरी, ५ भदौ– सुनसरीमा स्थानीयको कुटाइबाट एक महिलाको ज्यान गएको छ । सुनसरी कप्तानगंज–२ की ३५ वर्षीया करिश्मा खातुनको बिहीबार बिहान मृत्यु भएको हो । गैरमुस्लिमसँग अनैतिक सम्बन्ध राखेको आरोपमा खातुनलाई स्थानीय हसिना खातुन, साव्रुन खातुन, सहना खातुन र रासुल मियाले दुई साताअघि मरणासन्न...

१५ लाख नदिए घाँटी छिनाउँछु भनेर फोन गर्ने ‘अमित डन’ पक्राउ

२०७१ भदौ ५ गते १३:५२

काठमाण्डु, ५ भदौ– आफू ‘डन’ भएको बताउँदै टेलिफोनमा धम्की दिएर रकम माग गर्ने एक युवालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले धापासी(९ का १८ वर्षीय आशिष पाण्डेलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पाण्डेले आफूलाई ‘अमित डन’...

सर्वोच्चद्वारा चरी मुद्धामा परमादेश दिन अस्वीकार

२०७१ भदौ ५ गते १३:३२

काठमाण्डु, ५ भदौ– सर्वोच्च अदालतले प्रहरी कारबाहीमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ हत्यामा प्रहरी अधिकृतहरु संलग्न रहेको भन्दै परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । रिटमाथि बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले रिट निवेदनको माग बमोजिम जाहेरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us