सर्वोच्चद्वारा चरी मुद्धामा परमादेश दिन अस्वीकार

काठमाण्डु टुडे २०७१ भदौ ५ गते १३:३२ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– सर्वोच्च अदालतले प्रहरी कारबाहीमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ हत्यामा प्रहरी अधिकृतहरु संलग्न रहेको chariभन्दै परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
रिटमाथि बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले रिट निवेदनको माग बमोजिम जाहेरी दर्ताका लागि परमादेश वा अन्तरिम आदेश दिनु नपर्ने आदेअ दिएको हो ।

चरीका दाजु ध्रुव अधिकारीले भाइको हत्यामा संलग्न प्रहरीविरुद्ध किटानी जाहेरी दर्ताका लागि परमादेशको माग गर्दै शुक्रबार रिट दायर गरेका थिए । अदालतले चरीको मृत्यु सम्बन्धमा लिखित स्पष्टीकरण दिन विपक्षीका नाममा आदेश भने दिएको छ ।
महानगरीय प्रहरी परिसर हनुमानढोकाले किटानी जाहेरी दिन अस्वीकार गरेपछि चरीको परिवार अदालत गएको थियो ।

चरी हत्यामा संलग्न रहेको आरोपमा  महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख एसएसपी उत्तम कार्की, अपराध महाशाखा प्रमुख एसएसपी पुष्कर कार्की, काठमाण्डु परिसरमै कार्यरत नायव उपरीक्षक मीरा चौधरी, नायव उपरीक्षक कुमुद ढुंगेल र चरीकी प्रेमिका खुश्बु ओलीका पूर्वप्रेमी अर्पण कोइरालाविरुद्ध जाहेरी दिएको हो ।

प्रहरीको फरार सूचीमा रहेका चरीको धादिङको सीमा क्षेत्र काठमाण्डुको भीमढुंगामा गत २१ साउनमा प्रहरी मुठभेठमा ज्यान गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us