भारतसँग विद्युत व्यापार सम्झौता नगर्न १० कम्युनिष्ट घटकको माग

काठमाण्डु टुडे २०७१ भदौ ५ गते १४:४६ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– साना १० बाम पार्टीेले तत्काल भारतसँग विद्युत व्यापार सम्झौता नगर्न प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराएका maoist-flagछन् ।
नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा बालुवाटार पुगेर बिहीबार उनीहरुले त्यस्तो माग गरेका हुन् ।

प्रधानमन्त्रीलाई तीन बुँदे ज्ञापनपत्र बुझाउँदै ती दलले भारतसँग पिटीए र पिडीए वा अन्य कुनै पनि सनिध सम्झौता गर्नुअघि सर्वपक्षीय राजनीतिक समझदारी कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

ती दलले माथिल्लो कर्णाली परियोजना नेपालको हित हुनुपर्ने र नेपालको जलश्रोतमा भारतीय एकाधिकार तोडिनुपर्ने माग राखेका छन् ।
ज्ञापनपत्र बुझाउनेमा नेकपा–माओवादी, नेकपा माले, जनमोर्चा नेपाल, नेकपा एकीकृत, नेकपा मसाल, क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीलगायत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us