एमालेसँग तत्काल सहकार्य सुरु हुन्छः प्रचण्ड

काठमाण्डु टुडे २०८३ असार १२ गते १५:३२ मा प्रकाशित

काठमाण्डू, १२ असार– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्कालै सहकार्य सुरु हुने बताएका छन् ।

आज (शुक्रबार) विराटनगरमा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन ।

संयोजक प्रचण्डले सबै वामपन्थीहरू मात्रै नभएर लोकतान्त्रिक पार्टी जसपा समेतसँग कुरा भइरहेको बताए । महाधिवेशनमा अर्को क्रमभङ्ग हुने समेत उनले बताए ।

‘प्रचण्डको अन्तिम क्रमभङ्ग हेर्नुस् अब कस्तो हुन्छ,’ उनले भने । अब अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धहरू पनि विस्तार गर्ने उनले बताए । पार्टीको सहसंयोजक माधवकुमार नेपाल रसिया गएको र आफू पनि अब श्रीलङ्का जान लागेको पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us