
काठमाण्डु, ६ भदौ –२६ वर्षको उमेरमा पहिलोपटक रक्तदान गरेपछि भिमसेनगोलाका राजु (नाम परिवर्तन) निकै खुसी थिए ।
जीवनदानका रुपमा लिइने भएकाले अब हरेक तीनतीन महिनामा रक्तदान गर्ने उनको योजना थियो । तर रक्तदान गरेको दोस्रो दिनमै उनको योजना चकनाचुर भयो ।
केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र ९ब्लडबैंक० भृकुटीमण्डपका कर्मचारीले ‘हिजो दान गर्नुभएको तपाइंको रगतमा एचआइभी पोजेटिभ देखिएको छ, त्यसैले एकपटक आउनुपर्यो’ भन्दै फोन गरेपछि उनी बेहोसजस्तै भए । भारी मन बनाउँदै अर्को दिन आएर फेरि रगत जाँच गरे ।
फेरि एचआइभी पोजेटिभ देखियो । ‘हिजो रक्तदान गरेको राजु तपाईं होइन ? म ब्लडबैंकबाट, भन्दै फोन आएको थियो । मैल सुरुमै ब्लड ग्रुप के रहेछ भनेर सोधिहालेँ । तर, उनीहरुले त घुमाएर एचआइभी पोजेटिभ देखिएको पो कुरा गरे ।
म त ढलुलाजस्तो पो भएँ’ केही महिनाअघिको अनुभव सुनाउँदै राजुले भने । अर्को दिन ब्लडबैंकमै रहेको भिसिटी काउन्सिलरबाट आवश्यक परामर्श पाएपछि आफू सामान्यउन्मुख भएको उनले बताए ।
केन्द्रीय ब्लडबैंकका अनुसार गत वर्ष देशभर गरिएको रक्त संकलन कार्यक्रममा रक्तदान गर्नेमध्ये एक सय दुईजनामा एचआइभी पोजेटिभ देखिएको छ ।
नयाँ पत्रिकाबाट