प्रधानमन्त्री नसुध्रिए गठबन्धन तोडिन्छ : एमाले

काठमाण्डु टुडे २०७१ भदौ ५ गते १२:२४ मा प्रकाशित

काठमाण्डु, ५ भदौ – नेकपा एमाले नेता शंकर पोख्रेलले प्रधानमन्त्री सुशील कोइराला नसुध्रिए एमाले सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । माघ ८ गते संविधान निर्माण गर्ने गरि राष्ट्रिय जिम्मेवारी बोधका कारण आफूहरुले नेपाली काग्रेससँग अप्ठयारोका बाबजुत पनि सहकार्य गरिरहेको स्पष्ट पारेका छन ।

shankar pokharelरिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उनले सरकार निर्माणको बेला आफै सहमतिमा हस्तक्षार गरेर काग्रेस सभापति सुशिल कोइरालाले अहिले आँफै सो विषयमा बखेडा झिकिरहेको आरोप लगाउँदै यसले एमालेभित्र सरकारमा रहने कि नरहने भन्ने विषयमा बहस सुरु भैसकेको बताएका छन् ।

साक्षात्कारमा पोख्रेलले संविधान निर्माणको दायित्व बोध गरेर मात्रै काँग्रेससँगको सहकार्य जारी रहेको स्पष्ट पार्दै अन्यथा एमाले आफै सरकार निर्माण गर्न वा प्रतिपक्षमा बस्न तयार रहेको बताए ।

उनले भने–यदि प्रधानमन्त्री कोइरालाले ७ बुँदे सम्झौता कार्यन्वयन गर्दैनन भने एमाले सरकारबाट बाहिरिन्छ । राष्ट्रपती र उपराष्ट्रपती संविधान सभाबाट अनुमोदन हुनै पर्छ त्यसमा एमाले प्रष्ट छ । सुशील कोइरालाले आफूले गरेको हस्ताक्षरको सहमती कार्यन्वयन गर्ने कि सरकारबाट बाहिरिने त्यो उहाँकै कोर्टमा बल छ ।

उनले काग्रेससँग सहकार्य गर्ने कि नगर्ने भन्ने विषय छलफलमा प्रवेश गरिसकेको भए पनि संविधान निर्माणको लागि सरकारमा बस्नुपर्ने बाध्यता भएपनि यदि काँग्रेसका नेताहरुले धम्क्याइरहेन हो भने आफूहरु सरकारबाट बाहिरिने पनि चेतावनी दिए । उनले काग्रेस नेताहरुको अभिब्यक्ति गठबन्धन सँस्कृतिको विरोधी भएको आरोप लगाए ।

पोख्रेलले प्रधानमन्त्री सुशील कोइराला दलीय स्वार्थमा फसेको आरोप लगाउँदै एमालेको भागमा परेको मन्त्रालयहरुले गर्ने राजनीतिक नियूक्तीमा समेत हस्तक्षेप गर्ने गरेको बताए । उनले भने– प्रधानमन्त्रीको हस्तक्षेपका कारण अहिले पराष्ट्रमन्त्रालय अन्तर्गत रिक्त देशहरुमा अहिलेसम्म राजदुतहरुको नियूक्ती हुन सकेको छैन् ।

उनले भने–एआईजीमा पनि कनिष्ठलाई ल्याएर विवादमा पारे । काग्रेसको मन्त्रालयमा मनलागी ढंगले नियूक्ती भईरहेका छन तर एमालेको भागको मन्त्रालयमा हस्तक्षेप भईरहेको छ । यो सरकार कमजोर छ । चाह्यो भने यसलाई गति दिन सकिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us